English

एनआरएनएले बोलायो केन्द्रीय समिति बैठक



गैर–आवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । गैर–आवासीय नेपाली संघका महासचिव डा.हेम राज शर्माका अनुसार संघको ८२औं बैठक आगामी बुधबार (मार्च २ तारिख) भरर्चुअल माध्यमबाट बस्न लागेको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने सो बैठकको लागि महत्त्वपूर्ण एजेण्डाहरू प्रस्ताव गरिएको छ ।

बैठकमा गैर–आवासीय नेपाली संघको सदस्यता शुल्क नतिर्ने युके, अमेरिका, क्यानाडा र अष्ट्रेलिया राष्ट्रिय समितिहरू, महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समिति, संरक्षक परिषद् र निर्वाचन अनुगमन समिति, संघ र परराष्ट्र मन्त्रालयबीच रहेको अदालतको मुद्दा, रूसयुक्रेनबीचको युद्ध पीडित नेपालीहरूको उद्धार र संघको १०औं महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने भएको छ ।

गैर–आवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि मार्च २१ र २२ तारिख निर्वाचन हुँदैछ ।

यो पनि…
रूस-युक्रेन द्वन्द्व : नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

Latest










Popular
Suggested