जेलेन्स्कीले भने- आगामी २४ घन्टा युक्रेनका लागि महत्त्वपूर्ण



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्त्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्त्वपूर्ण हुने बताए ।

टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रूसको अतिक्रमणपछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गरेका थिए । प्रधानमन्त्री जोनसनले बेलायत र उसका साझेदारहरूबाट युक्रेनलाई प्रदान गर्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताएका थिए । दुई नेताबीच निकट सम्पर्कमा रहने समझधारीसमेत भएको छ ।

यसैबीच, रूसी सेनाले युक्रेनको दोस्रो ठूलो सहरमा हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्कता रहन निर्देशन दिएका थिए । उनले नेटोको आक्रामक व्यवहारका सतर्कतामा रहन निर्देशन दिएका हुन् ।

यो पनि
रूसी आक्रमण सामना गरिरहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर को हुन् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सामान्यतया कुनै पनि देशको सिमानामा अर्को देशसँगको सिमाना निर्धारण गर्न पर्खाल वा काँडे तार जडान गरिन्छ। जसका कारण दुवै देशको

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ पोलिटब्युरो महिलाविहीन बनेको छ। २० औं राष्ट्रिय अधिवेशनबाट कुनै पनि महिला पोलिटब्युरोमा चयन नभएका हुन्। यसपटक

उत्तर कोरियाका शासक किम जोङ उन फेरि देशभरिमै उत्कृष्ट पहिरन लगाउने पुरूष बनेका छन्। विगत आठ वर्षदेखि उनले यो उपाधि

आज सन् २०२२ को २९ सेप्टेम्वर । प्रस्तुत छ आज इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः बाल्टिक समुद्रमा डुंगा