English

जेलेन्स्कीले भने- आगामी २४ घन्टा युक्रेनका लागि महत्त्वपूर्ण



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्त्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्त्वपूर्ण हुने बताए ।

टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रूसको अतिक्रमणपछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गरेका थिए । प्रधानमन्त्री जोनसनले बेलायत र उसका साझेदारहरूबाट युक्रेनलाई प्रदान गर्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताएका थिए । दुई नेताबीच निकट सम्पर्कमा रहने समझधारीसमेत भएको छ ।

यसैबीच, रूसी सेनाले युक्रेनको दोस्रो ठूलो सहरमा हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्कता रहन निर्देशन दिएका थिए । उनले नेटोको आक्रामक व्यवहारका सतर्कतामा रहन निर्देशन दिएका हुन् ।

यो पनि
रूसी आक्रमण सामना गरिरहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर को हुन् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested