English

प्रधानमन्त्रीको घोषणाः ‘सामाजिक सुरक्षा भत्ता साउन १ बाट बढ्छ’



प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ बाट सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका छन् । प्रधानमन्त्रीले रिपोटर्स क्लब नेपालको २३ औं वार्षिकोत्सव कार्यक्रममा पुगेर यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला ।’

त्यसैगरी प्रधानमन्त्रीले आयोजक रिपोटर्स क्लबका सभापति ऋषि धमलाको प्रशंसा गर्दै ‘उनलाई स्मार्ट पत्रकारिता पुरस्कार दिनुपर्छ’ भन्ने अर्को घोषणा गरे ।

कार्यक्रममा प्रधानमन्त्रीले लामो राजनीतिक भाषण गरे । धेरैजसो समय उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि ब्यङ्ग्य बाँण चलाए । प्रधानमन्त्रीले समसामयिक राजनीतिक भाषणका बीचमा विकास निर्माणको विषय भने छुटाएनन् ।

क्लबका सभापति धमलाले पनि ‘प्रधानमन्त्री ओलीकै नेतृत्वमा देश समृद्ध हुन्छ, उहाँ भिजिनरी नेता हो’ भन्ने अर्को घोषणा नै गरे । कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव लगायत सवैजसो वक्ताले क्लबका सभापति धमलाको खुलेर प्रशंसा गरेका थिए । तस्विर स्रोतः रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested