English

पुटिन भेट्न बाइडेन इच्छुक



रुस र फ्रान्स पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न सहमत भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोबीचको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो ।

वार्तामा दुबै नेताहरूबीच पूर्वी युक्रेनमा बिग्रँदै गएको संकटको कूटनीतिक समाधानको खोजीलाई तीव्र गतिमा लैजानुपर्ने आवश्यकताबारे छलफल भएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

यसैबीच, युक्रेनको तनाव घटनाउन अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई जुनसुकै बेला भेट्न चाहेको उनका कूटनीतिज्ञहरूले बताएका छन् । रसियाले युक्रेनलाई आक्रमणको अन्तिम तयारी गरेको भन्दै अमेरिकाले पश्चिमेली देशहरूलाई सावधानी दर्शाउँदै आएको छ ।

केही साताअघि रुसले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैथान गरेको थियो । सोही समयदेखि नै रुसले युक्रेनमाथि हमला गर्न खोजेको पश्चिमा मुलुकले अनुमान गरेका छन् । तर युक्रेन आक्रमणको कुनै योजना नभएको रुसले बताउँदै आएको छ ।

यसै साता उसले सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको जनाएको थियो । अमेरिकालगायत पश्चिमेली मुलुकले यसमा कुनै सत्यता नभएको बताउँदै आएका छन् ।

यो पनि
विश्वमा आजको दिन के-के भयो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested