English

विश्वमा आजको दिन के-के भयो ?



आज सन् २०२२ को २१ फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति

सन १९५५ मा अमेरिकी व्यापारी तथा साहसी स्टेभ फोसेट बेलुनमा प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति बनेका थिए । यो उनको धेरै उड्डयन रेकर्डहरुमध्ये पहिलो थियो ।

रिचार्ड निक्सनको चीन भ्रमण

सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड एम निक्सनले जनगणतन्त्र चीनको राजकीय भ्रमण गरेका थिए । कम्युनिस्ट देश चीन र संयुक्त राज्य अमेरिका बीचको २१ वर्ष देखिको मतभेद अन्त्य गर्दै उनी सो भ्रमणमा निस्किएका थिए ।

भर्डन युद्ध

पहिलो विश्व युद्धको समयमा आजकै दिन भर्डन युद्ध सुरु भएको थियो । सन् १९१६ को फेब्रुवरी २१ देखि १८ डिसेम्बरसम्म फ्रान्सको भर्डनमा भएको सो युद्धलाई इतिहासकै सबैभन्दा ठूलो, लामो र रक्तपातपूर्ण मानिन्छ । फ्रान्स र र्जनबीच भएको सो युद्धमा लाखौ मानिस मारिएका थिए ।

डब्लूएच अडेनको जन्म

सन् १९०७ को २१ फेब्रुवरी अर्थात आजकै दिन प्रसिद्ध अग्रेजी कवि डब्लूएच अडेनको जन्म भएको थियो । उनी आफ्नो युगको प्रमुख अंग्रेजी भाषाका कविहरूमध्ये एक हुन् ।

यो पनि
हिँड्नुका फाइदा



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

Latest










Popular
Suggested