English

पानीकै कारण फेरियो जीवन



तेह्रथुम जिल्लाको छथर गाउँपालिका-६ का घनश्याम ढकाललाई केही वर्ष अघिसम्म खानेपानी जोहो गर्न सकस हुँदै आएको थियो । पशुचौपया र सिँचाइको कुरै भएन । करेसाबारीमा तरकारी उत्पादन हुँदैन थियो । नजिकै रहेको शुक्रबारे बजारबाट तरकारी किनेर खानुको विकल्प नै थिएन । तर अहिले अवस्था फेरिएको छ ।

उनले यतिखेर आफ्नै करेसाबासीमा तरकारी उत्पादन गरी बिक्रीसमेत गर्दै आएका छन् । खानेपानीकै अभाव भएको बस्तीहरूमा प्लाष्टिक पोखरीमा बर्खामा पानी जोहो गरी हिउँदमा सिँचाइ गर्न थालेपछि अवस्था फेरिएको हो ।

ढकाल बर्खामा परेको पानी यही पोखरीमा संकलन गर्ने गरेका छन् र हिउँदमा तरकारी, फलफूलमा सिँचाइ गर्दै आएका छन् । ‘पानीको मुहान सुक्दै जाँदा खानेपानीकै समस्या थियो तर स्थानीय सरकारले अनुदानमा प्लाष्टिक पोखरी दिएपछि सिँचाइ गर्न ठूलो राहत बनेको छ’, उनले भने ।

ढकाल भन्छन्, ‘हामीले खानेपानी नै समस्या थियो तरकारीमा सिँचाइ गर्न त झन परैको कुरा तरकारी किनेरै खानु पर्थ्र्यो तर हामी अहिले तरकारी बेच्न थालेका छौ ।’ ढकाल जस्तै गुमान सिंह कार्कीले प्लाष्टिक पोखरीमा पानी जोहो गरी तरकारीमा सिँचाइ गर्दै आएका छन् ।

करेसाबासीमा अकबरे, आलु, प्याज, लसुन लगायतका तरकारी खेती गर्दै आएक छन् । गाउँमा रहेका निक्कै प्रसिद्ध धारा तथा कुवाहरू सुक्ने क्रम दिनानु दिन बढ्दो छ । तेह्रथुम जिल्लाको खासगरी सुख्खाग्रस्त क्षेत्रमापानीको मुहान सुक्दै गएपपछि खानेपानीको समस्या झेल्दै आएका छन् नागरिकहरू । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले खान टरेपनि बस्तुभाउ र सिँचाइका लागि भने समस्या भइरहेको बेला यहाँका किसानहरूले नयाँजुक्ति निकालेका हुन् ।

पानीकै अभावका कारण सिँचाइ गर्न नसक्दा तरकारी किनेर खाने यहाँका किसानहरू अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन् । गाउँका प्रायःजसो घरमा प्लाष्टिक पोखरी बनाएका छन् । पानी पर्दा घरको छतबाट झर्ने पानी पाइपबाट पोखरीमा संकलन गर्ने गरेका छन् । हिउँदे बालीका लागि पानी नभए पनि वर्षाद्को पानी संकलन गरी सिँचाइ सकिने यहाँका किसानले उदाहरण दिएका छन् ।

पानीकै अभावका कारण सिँचाइ गर्न नसक्दा तरकारी किनेर खाने यहाँका किसानहरू अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन् ।

सुख्खाग्रस्त क्षेत्रका किसानहरूलाई लक्षित गरी कार्यक्रम ल्याइएको छथर गाउँपालिकाअध्यक्ष सन्तोष तिगेलाले बताए । स्थानीय सरकार गठन भएदेखि नै नागरिकहरूका समस्यालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको तिगेलाको भनाइ छ ।

गाउँपालिकाले कृषकको साझेदारीमा पोखरी अनुदानमा प्रदान गर्दै आएको कृषी शाखा प्रमुख छथर हिमबहादुर थापाले बताए । किसानलाई समय समयमा तरकारी तथा फलफू खेतीसम्बन्धी विभिन्न कार्यक्रमहरूका साथै सल्लाह र परामर्श दिँदै आएको प्रमुख थापाको भनाइ छ । जिल्लाको खासगरी पश्चिमी क्षेत्रमा प्लाष्टिक पोखरी प्रभावकारी बन्दै गएको छ । आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप लगायतका गाउँहरूमा पोखरी बनाई किसानले सिँचाइ गर्दै आएका छन् ।

यो पनि
साहुले ऋण नपत्याउँदा फेरियो जीवन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested