English

‘बि’ लेभल राष्ट्रिय ब्याडमिन्टन आजदेखि



कोभिड-१९ संक्रमणका कारण स्थगित गरिएको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आज शनिबारदेखि सुरु हुने भएको छ ।

लाफा समूहले माघको २२ र २३ गते दुई दिने लाफा बि लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेकोमा सरकारले विद्यालय, सार्वजनिक यातायात, सिनेमा हल, जिम हाउसलगायत खेलकुदका विभिन्न गतिविधिहरूमा रोक लगाएसँगै स्थगित गरिएको थियो ।

अहिले कोभिड संक्रमण कम हुँदै गएपछि सरकारले रोक लगाएका क्षेत्रहरू खुलेसँगै प्रतियोगिता आयोजना गर्न लागिएको समूहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पूराभएको पनि उनले जानकारी दिए ।

हालसम्म प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मनाङ, स्याङ्जा, बागलुङ र दाङका खेलाडीहरूले टिम दर्ता गरेको खेल संयोजक पुरन गाहाले जानकारी दिए । अहिलेसम्म खुल्लामा ३८ र भेट्रानमा २९ टिमले दर्ता गरेको उनले जानकारी दिए ।

प्रतियोगितामा खुला तर्फका विजेताले ३५ हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

यसैगरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक तथा समूहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।

त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ २५ सय दर्ता शुल्क र भेट्रान्सतर्फ दुई हजार दर्ता शुल्क राखिएको थापाले जानकारी दिए । शनिबार बिहान ९ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रतियोगिताको उद्घाटन गर्ने संयोजक थापाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ खर्च अनुमान गरिएको समूहका संरक्षक वासुदेव लामिछाने मगरले जानकारी दिए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरूको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए ।

लगातार तीन वर्षसम्म राष्ट्रिय लेभलको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समूहले यस वर्ष स्थानीय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बि लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested