English

क्यालिब्रेसन फ्लाइटले ल्यायो खुसीयाली



बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लागि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) भएपछि चौतर्फी खुसी छाएको छ ।

शुक्रबार दिउँसो विमानस्थलमा एरो थाईको १७ सिटे सानो जहाजले क्यालिब्रेसन फ्लाइट शुरु गरेको हो । क्यालिब्रेसन फ्लाइट भएको खबर पाएसँगै पर्यटन व्यवसायी मात्रै होइन, लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दा पनि खुसीले गद्गद् भएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानले भने, ‘यतिका वर्षको प्रतीक्षाको घडी सकिएको छ । हामी अत्यन्तै खुसी छौँ, कोभिड–१९ का कारण क्यालिब्रेसन फ्लाइट हुँदैन कि भन्ने चिन्ता थियो । यो सकिएपछि टेस्टिङ फ्लाइट हुने र कर्मसियल फ्लाइट पनि हुनेछ ।’

अध्यक्ष न्यौपानेले यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएसँगै निजी क्षेत्र मात्रै नभएर समग्र मुलुकवासी र देश नै लाभान्वीत हुने बताए ।

यसअघि गएको माघ १५ गते शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी भइरहेको बताएका थिए ।

मन्त्री आलेले भनेको समयभन्दा तीन दिन अगाडि क्यालिब्रेसन फ्लाइट भएपछि पर्यटन व्यवसायी पनि खुसी भएका छन् ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले सिङ्गो मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा दिनेछ । मन्त्रीले भनेको समयअगावै जुन ढङ्गले क्यालिब्रेसन फ्लाइट हुँदैछ, सोहीअनुसार नियमित उडान हुने पनि हामी पर्यटन व्यवसायी अपेक्षा गर्दछौँ ।

नेपाल ट्राभल एन्ड टुर एजेन्ट लुम्बिनी प्रदेश प्रमुख सागर अधिकारीले भने, ‘भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले सिङ्गो मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा दिनेछ । मन्त्रीले भनेको समयअगावै जुन ढङ्गले क्यालिब्रेसन फ्लाइट हुँदैछ, सोहीअनुसार नियमित उडान हुने पनि हामी पर्यटन व्यवसायी अपेक्षा गर्दछौँ ।’

यसैगरी, सिद्धार्थ होटल एशोसिएशनका उपाध्यक्ष किशोर श्रेष्ठले क्यालिब्रेसन फ्लाइट भएसँगै होटल क्षेत्रमा पनि खुसीको सञ्चार भएको बताए ।

सन् २०१५ को जनवरीबाट स्तरोन्नति शुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज उड्ने भएपछि कोरोनाले तहसनहस पारेको पर्यटन क्षेत्रको पुनरुत्थानमा ठूलो सहयोग पुर्याउने अग्रज पत्रकार चेतन पन्तले विश्वास व्यक्त गरे ।

नागरिक अगुवाको संस्था विएमजीका अध्यक्ष संस्थापक विजय सागरले लम्बिनी क्षेत्र त्यसमा पनि भैरहवावासीको लागि क्यालिब्रेसन फ्लाइटले खुसी दिएको बताए ।

थाइल्यान्डदेखि नै आवश्यक ७ सदस्यीय प्राविधिक टोलीसहित बिहीबार दिउँसो एरो थाइको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भएता पनि क्यालिब्रेसन फ्लाइट भने आज मात्रै गरेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए उनले भने ‘आजदेखि क्यालिब्रेसन फ्लाइट शुुरु भएको छ । यो काम १५ गतेसम्म हुनेछ ।’

created by dji camera

क्यालिब्रेशन फ्लाइट अवधिभर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र सैनिक सुरक्षामा रहने महाप्रबन्धक दाहालले बताए । विमानस्थल परिसरमा दक्ष चिकित्सकसहितको एम्बुलेन्स, प्रहरी र सेनाको सुरक्षा तैनाथी, एटिसी, फायर सबै तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

क्यालिब्रेसन फ्लाइटमा खासगरी जहाजको उडान र अवतरणका लागि आवश्यक उपकरण जडान (आईएलएस), जहाजको स्थिति, लोकेसन, र सञ्चार (डीभीओआर/डीएमई), सञ्चार उपकरण (भीएचएफ रेडियो), एचएफ सिस्टम, एटीसी कन्सोल, एमएचएस, भीसीसीएस, एटिस सिस्टम, अटोमेटिक वेदर अबजरभेसन सिस्टम गरी मुख्य १० किसिमका परीक्षण हुनेछन् ।

एरो थाइको जहाजसँगै एरो थाइ टिम ग्राउन्डमा रहनेछ । सबै चेकजाँच गरेपछि मात्रै उक्त टिम फर्किने छ । एरो थाईले क्यालिवब्रेसन फ्लाइट गरिसकेपछि टेस्ट फ्लाइट नेपाल एअरलाएन्सको ३३० ले गर्नेछ । क्यालिब्रेसन फ्लाइटको लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । यदि, मौसममा प्रतिकूलता आएमा केही दिन ढिलाइसमेत हुन सक्नेछ ।

विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । २०६१ साल अघिसम्म ८४ बिघा तीन कट्ठा रहेकोमा यतिबेला १० हजार ५०० रोपनी पुगेको छ । जग्गाको क्षेत्रफलको हिसाबले यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विमानस्थल हो ।

विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । २०६१ साल अघिसम्म ८४ बिघा तीन कट्ठा रहेकोमा यतिबेला १० हजार ५०० रोपनी पुगेको छ । जग्गाको क्षेत्रफलको हिसाबले यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विमानस्थल हो । अहिलेसम्म पोखरामा तीन हजार ७०० रोपनी, काठमाडौंमा सात हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाउ)को कोड फोर इका अनुसार तीन हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोईंग–७७७, एअबर बस ३३० सम्मका जहाज सहजै उडान र अवतरण हुनेछन् ।

गौतबुद्ध विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्ने कार्य शुरु हुनुमा मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ । एडीबीको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने प्रतिबद्धता गरेको हो ।

विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा शुरुआती चरणमा एडीबीले ४० दशमलव पाँच प्रतिशत, साउदी अरबको साउदी फन्डबाट (ओएफआईडी) ३० दशमलव पाँच प्रतिशत, एडीबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा करसमेत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएको हो ।

काम शुरुआत गर्दा यो अनुपात भए तापनि थप रकम आवश्यक पर्दा नेपाल सरकारको ३७ दशमलव चार र बाँकी एडीबीको ऋण सहयोग हुने बताइएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसीपी वान र टु गरेर रु साढे सात अर्ब लगानी भइसकेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

यो पनि…
उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)
देशको सपना हुँदैछ साकार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली