English

पूर्वकप्तान खड्का दोषी ठहर



नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेका हरि खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभाग प्रमुख रहेका खड्काले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएको भन्दै साबिक भ्रष्टाचार निवारण र प्रचलित भ्रष्टाचार निवारण दुई आरोपसहित दण्ड सजाय हुन मागदाबी लिएको थियो । सोही आरोपमा खड्का दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशद्वय अब्दिुज अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । जसका कारण उनलाई पाँच हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।

नेपाल प्रहरीमा जागिर खाँदा खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियारले माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारले जनाएको थियो ।

यो पनि
विश्वपकमा छनोट हुने लक्ष्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested