English

२० अंकले घट्यो सेयर बजार



बुधबार सेयर बजार करिब २० अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ५३.३० अंक बढेर बन्द भएको नेप्से, यस दिन १९.८४ अंक घटेर २७३४.४४ विन्दुमा झरेको छ।

आज सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २३१ कम्पनीको ३९ हजार ६६८ पटकको कारोबारमा ३ अर्ब २ करोड ६३ लाख रुपियाँ बराबरको ५६ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार गुराँस लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, नेपाल एसबिआई बैंक, सामलिङ्ग पावर, स्वाभिमान लघुवित्त र जनउत्थान सामूदायिक लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ भने सिंगटि हाइड्रो, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेशनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बुधबार १३ उपसमूहको परिसूचकमध्ये जीवन बीमा र अन्य उपसमूहको परिसचूक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.१८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
सेयर बजार राताम्मे
१०० अंकले नेप्से घट्दा बजार राताम्मे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको