English

‘बाहिर खेल्न जाने हो भने विद्यालय बन्द गरेको अर्थ लाग्दैन’– प्याब्सन उपाध्यक्ष दीपिका रिमाल थापा



वायु प्रदुषणका कारण सरकारले चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । यसै विषयमा सिद्धार्थ विद्यापीठ भक्तपुरका संस्थापक प्रिन्सिपल तथा निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष दीपिका रिमाल थापासँग मेरोलाइफस्टाइल डटकमका प्रतिनिधिले गरेकाे छोटो कुराकानी –

सरकारले चार दिन विदा दिने निर्णय गर्यो । यो विदा यहाँहरूको सिफारिस वा समन्वयमा गरिएको हो ?

यो विदा शिक्षा मन्त्रालयले गरेको हो । सायद स्वास्थ्य मन्त्रालयको समन्वयमा । अहिले वायुमण्डल अति नै विषाक्त भएकाेले पढाईभन्दा स्वास्थ्य महत्वपूर्ण हो भन्ने निष्कर्षका साथ विदा दिइएको हो ।

प्याब्सनले सिफारिस गरेर वा हामीसँगको समन्वयमा विदा दिइएको होइन । तर, समस्या गम्भिर भएकैले यस्तो निर्णय भएको होला । हामीबाट सरकारको आदेश पालना हुन्छ ।

विदा दिने अवस्था भएरै दिइएको हो भन्ने लाग्छ ?

स्वास्थ्य विज्ञहरूसँग बुझ्दा वास्तवमा नै अवस्था गम्भिर छ । अर्को तथ्य के आयो भने नेपालको राजधानी काठमाडौं संसारकै प्रदुषित शहरको पहिलो स्थानमा छ । अत्यन्तै घातक वातावरण सिर्जना भएको मापनले देखाएको छ ।

हामीले अनुभव गरेको कुरा पनि के हो भने केही दिनदेखि घाम लागेको छैन । आँखा पोल्ने वायु छ । अँध्यारो हुन लागेजस्तो वातावरण छ ।
त्यसकारण विद्यार्थीलाई घरमा नै बस्दा सही हुन्छ भन्ने निष्कर्ष निस्केको होला ।

अहिले नानीहरूको परीक्षा पनि चलिरहेको छ । यस्तो वेलामा विदा दिँदा कस्तो असर पर्छ ?

असर त पर्छ नै । तर, पढाईलाई भन्दा बढी स्वास्थ्यलाई असर गर्छ भन्ने हो । १०–११ महिना लकडाउनमा पनि त बसेका छौं । स्वस्थ रहनका लागि असरलाई कम गर्न उपाय निकाल्छौं ।

घरमा चार दिनसम्म बस्ने बच्चाहरूलाई के सल्लाह दिनु हुन्छ ?

विशेषगरी अविभावकलाई भन्न चाहन्छु, बच्चालाई घरमा नै राखिदिनु पर्याे । वाहिर खेल्न निस्कन दिन भएन । वाहिर खेल्न जान दिने हो भने स्कूल बन्द गरेको अर्थ लाग्दैन ।

चार दिनका लागि बच्चालाई घरमा नै ‘क्रिएटिभ इन्गेज’ गराउन आ–आफ्नो स्कूलले सोंच्ने कुरा हो । त्यसका लागि पनि देशभरीका विद्यालयलाई अनुरोध गर्दछु ।

चार दिनसम्ममा पनि मौसम सुध्रिएन भने विदा थपिन्छ ?

पानी पर्यो वा विज्ञहरूले भनेजस्तो हावा चलेर दुषित हावा उडेर गयो भने यस बीचमा पनि स्कूल सुरु हुन सक्छ । भएन भने शुक्रबारसम्म हेरौं, उस्तै वातावरण रह्यो भने थपिन पनि सक्छ । सरकारसँगको सल्लाहमा निर्णय हुन्छ ।

तर, यस्तो अवस्था ल्याउने कारक तत्वहरुको निवारणकालागि सरकारले पहल गर्नुपर्छ । सरोकारवालाहरुले पनि उत्तिकै ध्यान दिनु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,