English

‘बाहिर खेल्न जाने हो भने विद्यालय बन्द गरेको अर्थ लाग्दैन’– प्याब्सन उपाध्यक्ष दीपिका रिमाल थापा



वायु प्रदुषणका कारण सरकारले चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । यसै विषयमा सिद्धार्थ विद्यापीठ भक्तपुरका संस्थापक प्रिन्सिपल तथा निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष दीपिका रिमाल थापासँग मेरोलाइफस्टाइल डटकमका प्रतिनिधिले गरेकाे छोटो कुराकानी –

सरकारले चार दिन विदा दिने निर्णय गर्यो । यो विदा यहाँहरूको सिफारिस वा समन्वयमा गरिएको हो ?

यो विदा शिक्षा मन्त्रालयले गरेको हो । सायद स्वास्थ्य मन्त्रालयको समन्वयमा । अहिले वायुमण्डल अति नै विषाक्त भएकाेले पढाईभन्दा स्वास्थ्य महत्वपूर्ण हो भन्ने निष्कर्षका साथ विदा दिइएको हो ।

प्याब्सनले सिफारिस गरेर वा हामीसँगको समन्वयमा विदा दिइएको होइन । तर, समस्या गम्भिर भएकैले यस्तो निर्णय भएको होला । हामीबाट सरकारको आदेश पालना हुन्छ ।

विदा दिने अवस्था भएरै दिइएको हो भन्ने लाग्छ ?

स्वास्थ्य विज्ञहरूसँग बुझ्दा वास्तवमा नै अवस्था गम्भिर छ । अर्को तथ्य के आयो भने नेपालको राजधानी काठमाडौं संसारकै प्रदुषित शहरको पहिलो स्थानमा छ । अत्यन्तै घातक वातावरण सिर्जना भएको मापनले देखाएको छ ।

हामीले अनुभव गरेको कुरा पनि के हो भने केही दिनदेखि घाम लागेको छैन । आँखा पोल्ने वायु छ । अँध्यारो हुन लागेजस्तो वातावरण छ ।
त्यसकारण विद्यार्थीलाई घरमा नै बस्दा सही हुन्छ भन्ने निष्कर्ष निस्केको होला ।

अहिले नानीहरूको परीक्षा पनि चलिरहेको छ । यस्तो वेलामा विदा दिँदा कस्तो असर पर्छ ?

असर त पर्छ नै । तर, पढाईलाई भन्दा बढी स्वास्थ्यलाई असर गर्छ भन्ने हो । १०–११ महिना लकडाउनमा पनि त बसेका छौं । स्वस्थ रहनका लागि असरलाई कम गर्न उपाय निकाल्छौं ।

घरमा चार दिनसम्म बस्ने बच्चाहरूलाई के सल्लाह दिनु हुन्छ ?

विशेषगरी अविभावकलाई भन्न चाहन्छु, बच्चालाई घरमा नै राखिदिनु पर्याे । वाहिर खेल्न निस्कन दिन भएन । वाहिर खेल्न जान दिने हो भने स्कूल बन्द गरेको अर्थ लाग्दैन ।

चार दिनका लागि बच्चालाई घरमा नै ‘क्रिएटिभ इन्गेज’ गराउन आ–आफ्नो स्कूलले सोंच्ने कुरा हो । त्यसका लागि पनि देशभरीका विद्यालयलाई अनुरोध गर्दछु ।

चार दिनसम्ममा पनि मौसम सुध्रिएन भने विदा थपिन्छ ?

पानी पर्यो वा विज्ञहरूले भनेजस्तो हावा चलेर दुषित हावा उडेर गयो भने यस बीचमा पनि स्कूल सुरु हुन सक्छ । भएन भने शुक्रबारसम्म हेरौं, उस्तै वातावरण रह्यो भने थपिन पनि सक्छ । सरकारसँगको सल्लाहमा निर्णय हुन्छ ।

तर, यस्तो अवस्था ल्याउने कारक तत्वहरुको निवारणकालागि सरकारले पहल गर्नुपर्छ । सरोकारवालाहरुले पनि उत्तिकै ध्यान दिनु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested