ग्यालेक्सी एम १२ बजारमा



स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एम १२ सिरिजको स्मार्ट फोन बजारमा ल्याएको छ । यो मोडलमा दुई वटा भेरियन्ट रहेको छ ।

४ जीवी र्‍याम ६४ जीवी को स्टोरेज क्षमता रहेको सेटको मूल्य साढे १८ हजार रुपैंया । यसै गरी ६ जीवी र्‍याम १२८ जीवी स्टोरेज रहेको सेटको मूल्य साढे २२ हजार रुपैंया रहेको छ ।

ग्यालेक्सी एम १२ मा ६ दशमलव ४ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ । यस मोडलमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेराका साथै ५ मेगापिक्सेलको वाइड र २ मेगापिक्सेलको माइक्रो क्यामेरा छ । सेल्फीका लागि भनेर ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।

यो मोबाईल सेटको ब्याट्री क्षमता ६ हजार एमएएचको छ । ग्यालेक्सी एम १२ मोबाइल सेट कालो, नीलो र सेतो रङमा उपलब्ध छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सानिमा बैंक लिमिटेडले सोमबार लमजुङको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त

होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षको अवसर पारेर ‘होण्डा चुज योर स्किम’ योजना ल्याएको छ । योजना अन्तर्गत

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरूलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोचेँ

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ