English

घरमा आगलागी हुँदा गम्भीर घाइते



आगलागीमा जल्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री गम्भीर घाइते भएकी छन् । विद्युसर्ट भएर घरमा आगलागी हुँदा खत्री गम्भीर घाइते भएकी हुन् ।

आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई पोलेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

ज्वालाले भेट्दा अनुहार, हातलगायतका ठाउँमा जलेका खत्रीलाई उपचारका लागि गाउँपालिका अध्यक्ष राईले प्रयोग गरिरहेको गाडीमा हालेर विराटनगर पठाइएको छ ।

उनका श्रीमान अगमबहादुर खत्रीलाई गत २ असोजमा टुवा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो ।

खत्री दम्पत्तीका दुई छोरा रोजगारीका सिलसिलामा घर बाहिर छन् । श्रीमानको मृत्यु भएपछि उनी घरमा एक्लै बस्दै आएकी थिइन् । घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested