English

‘महामूर्ख’ पहाडलाई दिएको सम्मान हो– हरिवंश आचार्य



मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडी यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । मिथिला नाट्यकला परिषद् (मिनाप) ले होलीको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको ‘महामूर्ख सम्मलेन’ले महलाई यो सम्मानवाट विभूषित गरेको हो ।

महामूर्ख घोषित भएपछि अभिनेताद्वय महका ‘ह’ अर्थात् बरिष्ठ अभिनेता हरिवंश आचार्य के भन्छन् त ? प्रस्तुत छ, हाम्रा संवाददाताले उनीसँग टेलिफोनबाट गरेको छोटो कुराकानी –

महामूर्ख घोषित भएकोमा आभारी छौं भन्नु भएछ । आभारी नै हुनुभएको हो त ?

निश्चय नै आभारी छौं । यो सद्भावको पुरस्कार हो । हाम्रो विचारमा मधेसले पहाडलाई दिएको सम्मान हो ।

कसरी छानिनु भयो त, महामूर्ख ?

मिनापवाट हामीले धेरै सहयोग पाएका छौं । हाम्रा धेरै सिरियलहरूमा मिनापका कलाकारहरू हुनुहुन्छ । रञ्जु झा सहिद हुनुभयो । उहाँ पनि मह सञ्चारसँग जोडिनु भएको थियो ।

अर्थात् सद्भाव जोडिएको छ, हामीबीच ।

मलाई लाग्छ, महामूर्ख सम्मेलनमा पहाडका पात्र छानिएको यो नै पहिलो पटक हो । यसकारण पनि गौरव अनुभूति भइरहेको छ ।

‘महामूर्ख’ उपाधि भन्दा त्यति राम्रो सुनिदैन नि, होइन ?

सुन्न जान्नुपर्छ । हाँस्य–ब्यङ्ग्यमा रमाइलोका लागि उल्टो अर्थ लगाएर पनि बुझिन्छ ।

जसरी गाईजात्रामा हाँस्य–ब्यङ्ग्य हुन्छ, त्यसैगरी होलीमा पनि हुन्छ । उहाँहरूले दिएको प्रमाण–पत्रमा गौरवका कुरा उल्लेख गर्नु भएको छ । देशमा भएका प्रजातान्त्रिक आन्दोलनमा आवाज उठाएर मूख्र्याई गर्नुभयो भनिएको छ । समाजसेवा गरेर मूर्ख काम गर्नुभयो भनिएको छ । राष्ट्र जोड्ने काम गरेर मूख्र्याई गर्नुभयो भन्ने उल्लेख छ । यसको मतलव सम्मान हो भनेर बुझ्नुपर्छ । हामीले पनि त्यही बुझ्यौं ।

यो उपाधि कहिलेसम्मको लागि हो ?

फुटबलमा मात्र रनिङ शिल्ड पचाउन बर्षैपिच्छे जित्नुपर्छ । तर, यो सम्मान त्यस्तो होइन, जिन्दगी भरिका लागि हो । दुई नं प्रदेश, समग्रमा मधेसको सम्मान हो, ‘महामूर्ख’ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested