English

आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपियाँ ३२ पैसा र बिक्री दर १२० रुपियाँ ९२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपियाँ ९७ पैसा र बिक्री दर १३७ रुपियाँ ६६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपियाँ दुई पैसा र बिक्री दर १६३ रुपियाँ ८३ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ६८ पैसा र बिक्री दर १३० रुपियाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपियाँ ७३ पैसा र बिक्री दर ८६ रुपियाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपियाँ ५४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपियाँ एक पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ३७ पैसा र बिक्री दर १० रुपियाँ ४२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ९२ पैसा र बिक्री दर १९ रुपियाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपियाँ सात पैसा र बिक्री दर ३२ रुपियाँ २३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपियाँ पाँच पैसा र बिक्री दर ३३ रुपियाँ २१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपियाँ ८६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ छ र बिक्री दर १० रुपियाँ ११ पैसा कायम भएको छ ।

यो पनि
क्रिप्टोकरेन्सी कारोबारमा नलाग्न राष्ट्र बैंकको आग्रह
इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested