English

आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपियाँ ६१ पैसा र बिक्री दर १२० रुपियाँ २१ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपियाँ ८२ पैसा र बिक्री दर १३७ रुपियाँ ५० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपियाँ ३५ पैसा र बिक्री दर १६३ रुपैयाँ १७ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ४८ पैसा र बिक्री दर १३० रुपियाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ चार पैसा र बिक्री दर ८६ रुपियाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपियाँ ३७ पैसा छ भने बिक्री दर ९४ रुपियाँ ८५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ३३ पैसा र बिक्री दर १० रुपियाँ ३८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ८१ पैसा र बिक्री दर १८ रुपियाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ८८ पैसा र बिक्री दर ३२ रुपैयाँ चार पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपियाँ ६५ पैसा र बिक्री दर ३२ रुपियाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपियाँ ७३ पैसा छ । कोरियन वन १०० को खरिद दर १० रुपियाँ र बिक्री दर १० रुपियाँ पाँच पैसा कायम भएको छ ।

यो पनि
क्रिप्टोकरेन्सी कारोबारमा नलाग्न राष्ट्र बैंकको आग्रह
इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested