English

म्यानमार बम आक्रमण : देश छोडेर भाग्न थाले नागरिक

शव यात्रामा सेनाको ओपन फायरिङ


म्यानमारमा सेना दिन प्रतिदिन आक्रमक भइरहेको छ । शनिवार मात्रै एक मृतकको शव यात्रामा यस्तै घटना देखियो । घटना थियो, शव यात्रामा सेनाको ओपन फायरिङ । शुक्रवार मात्रै एयरफोर्सले बोर्डर नजिक रहेको एक गाउँमा हवाई आक्रमण गरेको थियो ।

यसमा बच्चासहित केही मानिसको मृत्यु भएको थियो । यो बम हमला गरिएको गाउँ म्यानमारको दक्षिणपूर्व करेन राज्यमा छ ।

त्यहाँका मानिस सेनाको आक्रमणका डरले थाइल्याण्ड पलायन हुन थालेका छन् । अहिलेसम्म ३ हजार मानिस त्यहाँबाट थाइल्याण्ड पलायन भएका छन् । यो क्षेत्रमा बिद्रोही गुट करेन नेशनल यूनियनको कब्जा छ, जो हालै मात्र सेन्ट्रल म्यानमार पुगेको हो । शनिवार सेनाले उक्त क्षेत्रमा राती ८ बजे हमला गरेको थियो ।

यह फोटो करेन प्रांत में हवाई हमले वाली जगह की बताई जा रही है। इसमें दिख रहे लोग म्यांमार सेना की एयर स्ट्राइक से बचने के लिए गुफा में छिपे हैं।

सेनाले आफ्नो बिग्रेड ५ फोर्सको नियन्त्रणमा रहेको क्षेत्रमा फाइटर जेटद्वारा बम खसालेको थियो, त्यसपछि त्यहाँ गृहयुद्धको अवस्था सिर्जना भएको छ । तर, हालसम्म सेनाको पक्षबाट कुनै प्रतिक्रिया आउन सकेको छैन ।

२०१५ मा सरकारसँग गरेको थियो युद्धविरामको सम्झौता

यो क्षेत्रमा गत केही वर्ष यताकै यो ठूलो हमला मानिन्छ । केएनयूले २०१५ मा सरकारसँग युद्धविरामको सम्झौता गरेको थियो । सेनाले गत १ फेब्रुअरीमा सत्ता आफ्नो कब्जामा लिएको थियो । यो भन्दा पहिला पनि केएनयूले सेनाको एक क्याम्पमा हमला गरेको बताएको थियो । यस हमलामा लेफ्टिनेन्ट कर्नेलसहित १० सैनिकको निधन भएको थियो ।

म्यांमार की सेना ने जिस गांव पर हमला किया, वह थाईलैंड की सीमा से सटा हुआ है।
शनिवार ११४ प्रदर्शनकारीको गयो ज्यान

म्यानमारको सत्ता सेनाले कब्जा गरेपछि त्यसको प्रदर्शनमा उत्रिएका ११४ जनाको शनिवार ज्यान गएको छ । सेनाले सत्ता कब्जा गरेपछि एकै दिनमा यति धेरै मानिसको मृत्यु भएको यो पहिलो पटक हो । शनिवार नै म्यानमारमा ‘आर्म्ड फोर्सेज डे’ मनाइएको थियो । यस दिन सेनाले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । शनिवार ४४ शहरमा भएका प्रदर्शनमा ११४ जनाले ज्यान गुमाएका हुन् । यसमा तीन जना बालबालिका समेत रहेका छन् ।

म्यांमार की सेना ने फरवरी के शुरुआत में तख्तापलट कर दिया था। साथ ही नोबेल प्राइज विजेता और पूर्व प्रधानमंत्री आंग सान सूकी को गिरफ्तार कर लिया था। - Dainik Bhaskar
१२ देशका रक्षा प्रमुखले गरे म्यानमारको आलोचना

१२ देशका रक्षा प्रमुखले म्यानमारको आलोचना गरेका छन् । यसमा अमेरिका, बेलायत, जर्मनी, इटाली, डेनमार्क, ग्रीस, नेदरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिण कोरिया र जापान रहेका छन् । यी सबै देशले म्यानमारको निन्दा गरिरहेका छन् ।

भएको के हो ?

कार्यवाहक राष्ट्रपति तथा पूर्व सैन्य जनरल मीन्ट स्वीद्वारा हस्ताक्षर गरिएको घोषणामा सन् २०२० नोभेम्बर ८ मा भएको चुनाव निष्पक्ष नभएको भन्दै ‘माथिल्लो र तल्लो सदनको बैठकलाई केही समय थाँती राख्ने आफ्नो अनुरोध नमान्नु’ लाई सू की लगायत शीर्ष नेताहरुलाई नियन्त्रणमा लिनुको मुख्य कारण बताइएको छ ।

चुनावमा नेशनल लिग फर डेमोक्रेसीसँग भारी मतान्तरले हारेपछि सेनाले नवनिर्वाचित संसदलाई केही समय ‘होल्ड’ हुन भनेको थियो । संसदको पहिलो बैठकलाई रोक्ने सेनाको प्रयासका वावजुद बैठक स्थगन नहुने देखिएपछि सेनाले यस्तो कदम उठाएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,