English

चर्को मूल्यले उपभोक्ताको ढाड सेकिँदै, सरकार रमिते



तिहार लगत्तैदेखि बढ्न थालेको तेलको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन ।

सरकारको फितलो अनुगमनका कारण उद्योगी तथा व्यवसायीले तेलको मूल्य पटक पटक बढाइरहेका छन् । व्यवसायीले कच्चा पदार्थको मूल्य बढेको भन्दै पटक-पटक तेलको मूल्य बढाएको दाबी गर्दै आएका छन् । भान्छामा तेल अनिवार्य भएकाले जति मूल्य बढेपनि उपभोक्ता किन्न बाध्य छन् ।

उपभोक्तालाई न कच्चा पदार्थको मूल्य बढेको जानकारी हुन्छ, नत लागत कति पर्छ भन्ने नै । त्यसैको फाइदा उठाउँदै उद्योगी व्यवसायीले पटक पटक खाने तेलको मूल्य बढाउने गरेका छन् । यसअघि मूल्य बढ्दा दुई उद्योगलाई कारवाही गरे जस्तो गरेर झारा टारेको सरकारले प्रभावकारी रुपमा बजार अनुगमन नगर्दा उद्योग व्यवसायीले चर्काे मूल्य बढाएका छन् । जसको भार उपभोक्ताले उठाउँदै आएका छन् ।

सरकारले केही समय अघि मात्रै कारवाही गरेको घटना सेलाउन नपाउँदै व्यवसायीहरुले पुनः चर्काे मूल्य बढाउनुलाई उपभोक्ताले कालो बजारी भन्न थालेका छन् ।

तिहारपछि तेलको भाउ बढेपछि सरकारलाई चर्काे दबाव भएपछि दुई कम्पनीलाई कारवाही गरेपछि केही समय स्थिर भएको तेलको भाउ फेरी बढ्न थालेपछि उपभोक्ता थप मारमा परेका हुन् । सरकारले केही समय अघि मात्रै कारवाही गरेको घटना सेलाउन नपाउँदै व्यवसायीहरुले पुनः चर्काे मूल्य बढाउनुलाई उपभोक्ताले कालो बजारी भन्न थालेका छन् ।

दुई साताअघि भटमासको तेलको मूल्य प्रतिलिटर २ सय ५ रुपैयाँ थियो । अहिले १५ रुपैँया बढेर २ सय २० रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिलिटर २ सय १० रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य २५ रुपैँयाले बढेर २ सय ३५ रुपैयाँ पुगेको छ । यस्तै,तोरीको (धारा)तेल प्रतिलिटर २ सय ६० रुपैयाँ मूल्य थियो । अहिले ५० रुपैँया बढेर ३ सय १० पुगेको छ ।

सरकाले मूल्यवृद्धिबारे चासो राखेपछि पुरानै मूल्य कामय गर्ने बाचा गरेका उद्योगी व्यवसायीले फेरि मूल्य बढाएर उपभोक्तालाई थप मारमा पारेका छन् ।

गत पाँच महिना अघि भट्मासको प्रतिलिटर १ सय ७० र धारा तेल २ सय ६० रुपैयाँ मूल्य थियो । त्यस्तै,सूर्यमुखी तेल प्रतिलिटर १ सय ८५ रुपैँया थियो । गत माघमा मूल्य बढेर भटमासको तेलको मूल्य २१० रुपैँया र सूर्यमुखी तेलको मूल्य प्रतिलिटर २२० रुपैँया पुगेको थियो । कच्चा पदार्थको मूल्य बढ्नुका साथै उत्पादन लागत बढी परेको भन्दै व्यवसायीले फेरी तमेलको मूल्य बढाएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेका कारण तेलको मूल्य बढाउनु परेको व्यवसायीको भनाई छ । सरकाले मूल्यवृद्धिबारे चासो राखेपछि पुरानै मूल्य कामय गर्ने बाचा गरेका उद्योगी व्यवसायीले फेरि मूल्य बढाएर उपभोक्तालाई थप मारमा पारेका छन् ।

यसो भन्छ वाणिज्य विभाग

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ महँगो भएकाले लागत बढेको व्यवसायीले बताउने गरेको उद्योग आपूर्ति तथा वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाइँले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको हो कि होइन भनेर कागजात माग गरेका छौं । ’ प्रवक्ता सेढाँइले भने । उनले यसरी पटक पटक अस्वभाविक रुपमा मूल्य बढेपछि सरकारको चासो बढेको बताए । तर, सरकारले तेलको मूल्यवृद्धिमा कहाँ र कसरी चासो देखायो वा देखाइरहेको छ भन्ने कसैले बुझेका छैनन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested