English

प्रेम सम्बन्ध कसरी हुन्छ ?



अंग्रेजी अभिव्यक्ति, ‘फिलिङ्ग इन लभ’ वा ‘प्रेममा पग्लिनु’ सान्दर्भिक छ, किनकि कोही पनि प्रेममा माथि उक्लिँदैनन् वा प्रेममा विशाल बन्दैनन् । तपाईं प्रेममा पग्लिनुपर्छ, किनकि तपाईं जो हो, त्यसको केही अंश नष्ट हुनुपर्छ । तपाईंको सम्पूर्ण हिस्सा नगएपनि, कम्तीमा तपाईंको एउटा अंश समाप्त हुनैपर्छ । तबमात्र त्यहाँ प्रेम सम्बन्ध हुन्छ ।

तपाईं अर्काको निम्ति आफ्नो केही अंश नष्ट गर्न इच्छुक रहनुपर्छ । मूलत: यसको अर्थ यो हो कि तपाईंको निम्ति स्वयं आफूभन्दा अर्को व्यक्ति निकै बढी महत्त्वपूर्ण भएको छ । दुर्भाग्यवश, अधिकांश मानिसहरूको निम्ति ‘प्रेम’ एक-आपसको लाभ योजना भएको छ ।

एकदिन, शङ्करन पिल्लई एउटा पार्कमा गए । त्यहाँ एउटी सुन्दर महिला ढुङ्गाको मेचमा बसिरहेकी थिइन् । उनी त्यतै गए अनि त्यही मेचमा बसे । केही मिनेटपछि, शङ्करन उनको नजिक सरे । ती महिला टाढा सरिन् । फेरि, केही मिनेट पर्खिएपछि उनी केही इन्च नजिक सरे । उनी टाढा सरिन् ।

उनले पुन: केही बेर पर्खिए, अनि केही इन्च अझ नजिक पुगे । त्यति बेलासम्म ती महिला मेचको छेउमा पुगिसकेकी थिइन् । उनले ती महिलालाई अङ्गालो हाले । महिलाले हात पन्छाइन् । शङ्करन केहीबेर यत्तिकै बसे अनि घुँडा टेकेर एउटा फूल दिँदै उनलाई भने, “म तिमीलाई प्रेम गर्छु । म तिमीलाई यति प्रेम गर्छु, जति मैले आफ्नो जीवनमा अहिलेसम्म कसैलाई गरेको छैन ।”

उनी पग्लिइन् । प्रकृतिले आफ्नो रूप देखाइन् अनि उनीहरू एक-अर्कामा हराए ! साँझ परिसकेको थियो । शङ्करन पिल्लई जुरुक्क उठे अनि भने, “म जानुपर्छ । आठ बजिसकेछ, मेरी बुढी पर्खिरहेकी हुन्छे ।” उनले भनिन्, “के ? तपाईं जाँदै हुनुहुन्छ ? तपाईंले भर्खरै भन्नुभएको थियो कि तपाईं मलाई प्रेम गर्नुहुन्छ !”

“हो, तर अब समय भइसक्यो । म जानुपर्छ ।” साधारणतया, हामीले यस्तो संरचनाभित्र सम्बन्धहरू बनाएका हुन्छौँ, जुन हाम्रो लागि आरामदायक र लाभदायक छन् । मानिसमा शारीरिक, मनोवैज्ञानिक, भावनात्मक, आर्थिक वा सामाजिक आवश्यकताहरू हुन्छन् । यी आवश्यकताहरू पूरा गर्ने एउटा उत्तम तरिका हो, “म तिमीलाई प्रेम गर्छु ।” यो तथाकथित “प्रेम” एउटा मन्त्र जस्तो भएको छ: “खुल जा सिम् सिम् !” कसैलाई प्रेम गर्छु भनेकै भरमा तपाईं आफूले चाहेको कुरा प्राप्त गर्ने प्रयास गर्नुहुन्छ ।

हामी जे-जति कामहरू गर्दछौँ, कुनै न कुनै तरिकाले आफ्ना आवश्यकताहरू पूरा गर्नका लागि गरिरहेका हुन्छौँ । यदि यसलाई मनन गर्नुभयो भने, प्रेम तपाईंको स्वाभाविक गुण बन्ने सम्भावना रहन्छ । तर, मानिसहरूले आफ्नो सुविधा, आराम, भलाइको लागि बनाएका सम्बन्धहरूलाई वास्तवमा प्रेमको सम्बन्ध हो भन्ने ठानेर आफैँलाई भ्रमको जालोमा अल्झाइरहेका हुन्छन् ।

म यो भनिरहेको छैन कि ती सम्बन्धहरूमा अलिकति पनि प्रेमको अनुभव हुँदैन, तर त्यो सीमित रूपमा मात्र हुन्छ । “म तिमीलाई प्रेम गर्छु ” भनेर जतिसुकै पटक भनेपनि, यदि केही अपेक्षा र आवश्यकताहरू पूरा भएनन् भने त्यहाँ उथलपुथल मच्चिन्छ ।

वास्तवमा, स-सर्त प्रेम र नि-सर्त प्रेम भन्ने त्यस्तो केही हुँदैन । कुरा यत्ति हो कि त्यहाँ सर्तहरू हुन्छन् र त्यहाँ प्रेम हुन्छ । जुन क्षण त्यहाँ सर्त हुन्छ, त्यो लेनदेन जस्तै भइदिन्छ । त्यो सुविधाजनक लेनदेन हुन सक्छ वा राम्रो व्यवस्था हुन सक्छ-सायद थुप्रै मानिसहरूले जीवनमा उत्कृष्ट व्यवस्था गरेका हुन सक्छन्- तर, त्यसले तपाईंलाई तृप्त बनाउँदैन, त्यसले तपाईंलाई अर्को आयाममा पुऱ्याउँदैन । त्यो सुविधाजनक मात्र हुन्छ ।

जब तपाईं “प्रेम” भन्नुहुन्छ, यो सुविधाजनक हुन जरूरी छैन । अधिकांश समय यो त्यसो हुँदैन । यसको लागि जीवन समर्पित गर्नुपर्ने हुन्छ । वास्तवमा, प्रेम महान् कुरा होइन, किनकि यसले तपाईंलाई समाप्त गर्नेछ । यदि तपाईं प्रेममा हुनुपर्ने हो भने, तपाईं रहनुहुँदैन । एक व्यक्तिको रूपमा तपाईं मेटिन, विलिन हुन इच्छुक हुनुपर्छ, तबमात्र यो हुन सक्दछ ।

तर, यदि तपाईंले आफ्नो व्यक्तित्वलाई अझ प्रबल बनाउनुभयो भने, त्यो सुविधाजनक स्थिति हुनेछ । कुन लेनदेन हो अनि कुन सही अर्थमा प्रेम सम्बन्ध हो भनेर पहिचान गर्न आवश्यक छ । प्रेम सम्बन्ध कुनै विशेष व्यक्तिसँगै हुनुपर्छ भन्ने छैन । विशेषगरी कसैसँग नभई स्वयं जीवनसँग तपाईंको गहिरो प्रेम सम्बन्ध चलिरहेको हुन सक्छ ।

अंग्रेजी अभिव्यक्ति, ‘फिलिङ्ग इन लभ’ वा ‘प्रेममा पग्लिनु’ सान्दर्भिक छ, किनकि कोही पनि प्रेममा माथि उक्लिँदैनन् वा प्रेममा विशाल बन्दैनन् । तपाईं प्रेममा पग्लिनुपर्छ, किनकि तपाईं जो हो, त्यसको केही अंश नष्ट हुनुपर्छ । तपाईंको सम्पूर्ण हिस्सा नगएपनि, कम्तीमा तपाईंको एउटा अंश समाप्त हुनैपर्छ । तबमात्र त्यहाँ प्रेम सम्बन्ध हुन्छ ।

तपाईं के गर्नुहुन्छ र के गर्नुहुन्न भन्ने कुरा तपाईं वरपरको परिस्थितिमा निर्भर हुन्छ । बाहिरी परिस्थितिहरू जस्ता छन्, सोहीअनुरूप हाम्रा कार्यहरू तय हुन्छन् । तपाईं बाहिरी संसारमा के गर्नुहुन्छ भन्ने कुरा सदैव अनेकौँ सर्तहरूले निर्धारण गर्छन् । तर, प्रेम भित्री अवस्था हो- तपाईं आफूभित्र कस्तो हुने भन्ने कुरा निश्चय पनि कुनै सर्त बिनै हुन सक्दछ ।

”मेरी हजुरआमाले मलाई थुप्रै कथाहरू सुनाउनुभएको थियो- यो कथा म अझै सम्झिन्छु । यो कथा मेरो जीवनको आधार होइन, तर निश्चय पनि यसले ममा प्रभाव पारेको छ । एकजना व्यक्ति र उनकी पत्नी थिइन् । उनीहरूले खेती-किसानी गर्थे, बाली उब्जाउँथे अनि त्यसबाट पैसा कमाउँथे ।

उनीहरूका दुई छोरा थिए । यी दुई केटाहरू हुर्किएर बलिया र जवान भए । उनीहरूले आफ्ना बुबासँग मिलेर कडा परिश्रम गरे, आफ्नो जग्गा बढाए अनि सम्पन्न बने । जब ती व्यक्ति बूढो भए, उनले आफ्ना दुई छोराहरूलाई भने, “म कुनै पनि बेला मर्न सक्छु । यो एउटा कुरा तिमीहरूले सदैव पालना गर्नुपर्छ । मेरो मृत्युपछि, तिमीहरू दुवैले यो जग्गाबाट उत्पादन हुने कुरा आधा-आधा बाँड्नुपर्छ । त्यसबारे कहिल्यै पनि वादविवाद, बहस वा झगडा हुनुहुँदैन ।”

ती वृद्ध मरे, अनि छोराहरूले कृषि सम्हाले । त्यसबेला भारत र विश्वका विभिन्न ठाउँहरूमा जग्गा विभाजन गर्ने चलन थिएन । उब्जनी मात्र भाग लगाउन सकिन्थ्यो, जमिन होइन । पछिल्लो चार पुस्ताहरूमा मात्र जमिन बाँड्ने चलन शुरु भएको हो । ती दुई भाइहरूले खेतीबालीको उब्जनी एकआपसमा सधैँ बराबर भाग लगाउँथे ।

दाइको बिहे भयो अनि उसका पाँच छोराहरू भए । भाइले कहिल्यै विवाह गरेन । तैपनि, दुवैले उब्जनी आधा-आधा भाग लगाउँथे । एकदिन अविवाहित भाइको दिमागमा एउटा विचार सल्बलायो । उसले सोच्यो, “मेरो दाइलाई आफ्नी श्रीमती र पाँच सन्तानहरूको हेरचाह गर्नुपर्छ, जबकि म एक्लो छु । तैपनि, म पूरै उब्जनीको आधा हिस्सा लिन्छु अनि उहाँले बाँकी आधा हिस्सा लिनुहुन्छ । यो उचित देखिँदैन । तर, यो हाम्रो बुवाको इच्छा थियो । अनि, मैले उहाँलाई अलिकति बढी दिएँ भने, उहाँले त्यो लिनुहुन्न । बरु, म अर्कै तरिका अपनाउँछु ।”

उसले एउटा जुक्ति निकाल्यो । बालि काटिसके पछि, हरेक रात, उसले एक बोरा अन्नको भारी बोकेर चुपचाप आफ्नो दाइको भण्डारमा राखिदिन थाल्यो । यता दाइको दिमागमा पनि त्यही विचार सल्बलायो । उसले सोच्यो, “मेरो साथमा हुर्किँदै गरेका पाँचजना केटाहरू छन् । अबको केही वर्षमा, मेरो अझ बढी सम्पन्न बन्नेछु । मेरो भाइको कोही छैनन् । उसले पछि के गर्ला ? तर, उसले पूरै उब्जनीको आधा हिस्सा लिन्छ अनि म पनि आधा हिस्सा लिन्छु । यदि मैले उसलाई केही दिन खोजेँ भने, उसले त्यो लिँदैन ।”

त्यसपछि, उसले पनि हरेक रात एक बोरा अन्न लिएर आफ्नो भाइको भण्डारमा राखिदिन थाल्यो । एक प्रकारले अनाजको सट्टापट्टा भइरहेको थियो । ती दुवैले लामो समयसम्म यो कुरा चाल पाएनन् । उनीहरू बूढो भइरहेका थिए, र अझै त्यसो गर्ने क्रम जारी थियो । एकदिन अन्नको बोरा बोकेर अर्को भाइको भण्डारतिर गइरहेको बेला दुवैको जम्काभेट भयो ।

तिनीहरूले एक अर्कालाई हेरे अनि अचानक यतिका दिनसम्म के भइरहेको थियो भनेर जाने । उनीहरूले तुरुन्तै आँखा छले, भण्डारमा बोरा राखिदिए अनि आ–आफ्नो घर फर्किएर सुते । समय बित्दै गयो, दुवैजना बुढो भए अनि मरे । पछि, शहरवासीहरूले मन्दिर निर्माण गर्न चाहे अनि उपयुक्त ठाउँको खोजी गरे ।

लामो खोजपछि, उनीहरूले मन्दिर बनाउनको लागि उत्तम ठाउँ तय गरे- त्यही ठाउँ, जहाँ आफ्नो पिठ्युँमा अन्नको बोरा बोकेर जाँदै गर्दा दुवै भाइहरूको जम्काभेट भएको थियो अनि आफ्नो अति उदारपनप्रति लज्जित भएका थिए । यदि तपाईं यसरी बाँच्नुभयो भने, तपाईं जीवित मन्दिर बन्नुहुन्छ । तब, तपाईंले नि-सर्त प्रेम, स-सर्त प्रेम र यस्तै अरू कुराहरूको बारेमा चिन्ता लिनुपर्दैन । सदगुरुको प्रवचन

यो पनि
साँचो प्रेमको अर्थ



...
Margene

References: Australian online casino payid pokies safe payid pokies australia

...
buy gta5 money 200

gta 5 mods mod my gta account

...
Timothy

References: Candy96 Casino no deposit bonus codes tsnasia.com

...
Kurtis

References: Candy96 Casino review Australia jobcopusa.com

...
Remona

References: Slotoro Casino Bonus ohne Einzahlung https://mkprovence.ru

...
Ernie

References: Jack Casino Erfahrungen https://mem168new.com/home.php?mod=space&uid=4057512

...
Charissa

References: Candy96 support https://itheadhunter.vn

...
Hallie

References: %random_anchor_text% bbs.97wanwan.com

...
Cory

References: Lollybet Casino Neukundenbonus m.landing.siap-online.com

...
Wilburn

References: Lollybet Casino Bonusbedingungen labprom.info

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested