English

युनाइटेडले शीर्ष चारमा उक्लिने मौका गुमायो



रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १-१ को बराबरीमा रोकिएको छ । वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमायो ।

पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसँगै युनाइटेडले अग्रता बनाएको थियो । तर, घरेलु टोलीका जय रोड्रिगुयजले ४७औं मिनेट बराबरी गोल गर्दै टोलीको संकट टारे । खेलको दोस्रो हाफको ६८औं मिनेट क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरेपनी कुनै जादु देखाउन सकेनन् ।

बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौं स्थानमा छ । वर्नली भने २० खेलबाट १४ अंक सहित पुछारमा रहेको छ ।

राति नै भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३-१ तथा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १-० ले पराजित गर्दै शीर्ष चारमा उक्लियो । लिगमा २३ खेलबाट ५७ अंक सहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का