होली पार्टीमा के खाने ?



होली पर्व मनाउँदा बालबालिका देखि वृद्धवृद्धाको मुहार एक किसिमको खुसी देखा पर्छ । होलीको आगमनले घरमा अलग किसिमको माहौल बन्छ । रङ्ग खेल्ने देखि विभिन्न किसिमका परिकार बनाएर खाने जस्ता कुराले खुसीयाली वातावरण बनाउँछ । तर यस्तो प्रकारको मस्तीको माहौलमा खान पानमा धेरैले ध्यान दिँदैनन् ।

कोरोना भाइरसको सङ्क्रमणले नयाँ मोड लिएको अवस्थामा तपाईँले होलीको अवसरमा शरीरको इम्युनिटी बढाउने किसिमका खानेकुराहरू तयार पारेर खान पनि सक्नुहुन्छ ।

मिल्क सेक
होली का त्योहार

होलीमा मौसम केही गर्मी नै हुन्छ । यो बेला चिसो पेय पदार्थ सेवन गर्ने चलन छ । अन्य किसिमका कृत्रिम चिसो भन्दा फलफूल वा ड्राई फ्रुट्स मिक्स गरिएको मिल्क सेकको सेवन गर्दा शरीरमा इनर्जी साथै इम्युनिटी पावर पनि बुस्ट हुन्छ ।

खरबुजाको जुस
तरबूज का जूस

खरबुजाको जुसले डिहाइड्रेसन लगायत कोलेस्ट्रोलको समस्या पनि कम गर्छ । होली गर्मी सिजनमा हुने हुनाले होलीको पार्टीमा यसको प्रयोग गर्ने हो भने यसले तपाईँको स्वादको मात्र ख्याल गर्दैन स्वास्थ्यमा देखिएका केही समस्याहरू समाधान समेत गर्छ ।

बेक्ड परीकार
बेक्ड गुझिया

होलीमा नयाँ नयाँ र मिठा परिकार बनाएर पार्टी गर्ने चलन छ । यस्तोमा तेलमा डिप फ्राई गरेर बनाइएको खानेकुरा भन्दा उसिनेर पकाइने किसिमका खानेकुराहरू खानु स्वास्थ्यकर हुन्छ ।

ड्राई फ्रुट्सको मिठाई
ड्राई फ्रूट्स मिठाई

भनिन्छ की, कुनै पनि पर्व गुलियो वा मिठाई बिना अधुरै हुन्छ । तर धेरै गुलियो खानु पनि स्वास्थ्यका लागि हानिकारक नै हुन्छ । यस्तोमा ड्राईफ्रुट्स र सख्खरले बनेको मिठाई बनाउने हो भने यो स्वादिष्ट पनि हुन्छ र स्वास्थ्य वर्द्धक पनि ।

सिजनल फलफूल
सीजनल फ्रूट्स

होलीको पार्टीमा सिजनल फ्रुट्स राख्नु एकदमै राम्रो विकल्प हो । अहिले बजारमा पाइने सुन्तला, स्याउ खरबुजा, अङ्गुर, भूइँकटहर जस्ता फलफूलले इम्युनिटी पावरलाई बुस्ट गर्दै शरीरलाई स्वस्थ पनि बनाउँछ । यस्तै यो पर्वमा तपाईँले फ्रुट चाट र फ्रुट सलाद पनि बनाउन सक्नुहुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई