English

होली पार्टीमा के खाने ?



होली पर्व मनाउँदा बालबालिका देखि वृद्धवृद्धाको मुहार एक किसिमको खुसी देखा पर्छ । होलीको आगमनले घरमा अलग किसिमको माहौल बन्छ । रङ्ग खेल्ने देखि विभिन्न किसिमका परिकार बनाएर खाने जस्ता कुराले खुसीयाली वातावरण बनाउँछ । तर यस्तो प्रकारको मस्तीको माहौलमा खान पानमा धेरैले ध्यान दिँदैनन् ।

कोरोना भाइरसको सङ्क्रमणले नयाँ मोड लिएको अवस्थामा तपाईँले होलीको अवसरमा शरीरको इम्युनिटी बढाउने किसिमका खानेकुराहरू तयार पारेर खान पनि सक्नुहुन्छ ।

मिल्क सेक
होली का त्योहार

होलीमा मौसम केही गर्मी नै हुन्छ । यो बेला चिसो पेय पदार्थ सेवन गर्ने चलन छ । अन्य किसिमका कृत्रिम चिसो भन्दा फलफूल वा ड्राई फ्रुट्स मिक्स गरिएको मिल्क सेकको सेवन गर्दा शरीरमा इनर्जी साथै इम्युनिटी पावर पनि बुस्ट हुन्छ ।

खरबुजाको जुस
तरबूज का जूस

खरबुजाको जुसले डिहाइड्रेसन लगायत कोलेस्ट्रोलको समस्या पनि कम गर्छ । होली गर्मी सिजनमा हुने हुनाले होलीको पार्टीमा यसको प्रयोग गर्ने हो भने यसले तपाईँको स्वादको मात्र ख्याल गर्दैन स्वास्थ्यमा देखिएका केही समस्याहरू समाधान समेत गर्छ ।

बेक्ड परीकार
बेक्ड गुझिया

होलीमा नयाँ नयाँ र मिठा परिकार बनाएर पार्टी गर्ने चलन छ । यस्तोमा तेलमा डिप फ्राई गरेर बनाइएको खानेकुरा भन्दा उसिनेर पकाइने किसिमका खानेकुराहरू खानु स्वास्थ्यकर हुन्छ ।

ड्राई फ्रुट्सको मिठाई
ड्राई फ्रूट्स मिठाई

भनिन्छ की, कुनै पनि पर्व गुलियो वा मिठाई बिना अधुरै हुन्छ । तर धेरै गुलियो खानु पनि स्वास्थ्यका लागि हानिकारक नै हुन्छ । यस्तोमा ड्राईफ्रुट्स र सख्खरले बनेको मिठाई बनाउने हो भने यो स्वादिष्ट पनि हुन्छ र स्वास्थ्य वर्द्धक पनि ।

सिजनल फलफूल
सीजनल फ्रूट्स

होलीको पार्टीमा सिजनल फ्रुट्स राख्नु एकदमै राम्रो विकल्प हो । अहिले बजारमा पाइने सुन्तला, स्याउ खरबुजा, अङ्गुर, भूइँकटहर जस्ता फलफूलले इम्युनिटी पावरलाई बुस्ट गर्दै शरीरलाई स्वस्थ पनि बनाउँछ । यस्तै यो पर्वमा तपाईँले फ्रुट चाट र फ्रुट सलाद पनि बनाउन सक्नुहुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested