English

भारतलाई यु-१९ क्रिकेट विश्वकपको उपाधि



भारतले आईसीसी यु-१९ एक दिवसीय क्रिकेट विश्वकपमा उपाधि जितेको छ । शनिबार सर भिभीयन रिचार्डस् स्टेडियममा सम्पन्न खेलमा इङ्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हाे । खेलमा इङ्ल्यान्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि शैक रासिदले र निशान्त सिन्धुले अर्धशतक प्रहार गरेका थिए । रासिदले ८४ बलमा ६ चौकासहित ५० रन गर्दा समान ५० रन जोडेका सिन्धुले ५४ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

इङ्ल्यान्डका जोसुवा बोडेन, जेम्स र थोमस एस्पिनवेलले समान दुई विकेट लिए । यसअघि, टस जितेर ब्याटिङमा आएको इङ्ल्यान्डले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल खडा गरेको थियो ।

इङ्ल्यान्डका लागि जेम्स रेवले सर्वाधिक ९५ रनको योगदान गरे । उनले ११६ बलमा १२ चौका प्रहार गरेका थिए । यस्तै, जेम्स सेल्सले ३४, जर्ज थोमसले २७ तथा रेहान ऐमद र एलेक्स हर्टनले समान १० रन गरे ।

भारतका राज बाबाले पाँच विकेट लिँदा रविकुमारले चार र कुशल तम्बेले एक विकेट लिए । यो संस्करणसँगै भारतले सर्वाधिक पाँचपटक युवा एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । त्यस्तै, इङ्ल्यान्डले एक पटक मात्रै युवा विश्वकपको उपाधि उचालेको छ ।

यो पनि
आज खेलकुदसम्बन्धी के कस्ता गतिविधि भए ?
ओलम्पिक ‘ठूलो विजय’ भन्दै किमले गरे सी जिनपिङको प्रशंसा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested