English

यी तीन फुटबल क्लव पाँचौ चरणमा प्रवेश



म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गर्‍यो ।

घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै भ्रमणकारी टोली फुलहमले अग्रता लिएको थियो ।

तर घरेलु टोली सिटीले दुई मिनेटमै गोल फर्काउदा पुनरागमन गर्दै सहज जित निकाल्यो । अर्को खेलमा प्लेमाउथलाई अतिरिक्त समयमा २-१ अन्तरले पराजित गर्दै चेल्सी विजयी भयो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको आठौं मिनेटमा मेकोउले गिलेस्फेले गोल गर्दै भ्रमणकारी टोली प्लेमाउथलाई सुरुआती अग्रता दिलाएका थिए । तर कप्तान सेजर एज्पिलिक्वेटा र मार्कोस अलन्सोले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

यस्तै टोटनहमले ब्राइटनलाई ३-१ ले पराजित गर्‍यो । टोटनहमको जितमा ह्यारी केनले दुई गोल गरे भने एक गोल आत्माघाती पायो । अर्को खेलमा फ्रान्क लाम्पार्टले म्यानेजरको रुपमा सुखद सुरुआत गर्दा एभर्टनलले ब्रेन्टफोर्डलाई ४-१ अन्तरले पराजित गर्‍यो ।

एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा सिरी ए रोमान्चक बन्दै

शीर्ष स्थानको इन्टर मिलानलाई २-१ अन्तरले पराजित गर्दै एसि मिलानले इटालीयन सिरी ए को उपाधिमा थप रोमाञ्चक बनाएको छ । पराजित इन्टर २३ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा कायम छ । २४ खेलबाट ५२ अंक बनाएको एसि मिलान दोस्रो स्थानमा छ ।

शनिबार राति भ्रमणकारी टोली एसि मिलानको पुनरागमन जितमा ओलिभियर जिराउडले महत्त्वपूर्ण दुई गोल गरे । यस अघि घरेलु टोली इन्टरका इभान पेरिसिकले अग्रता बनाएपनी जितको लागि पर्याप्त रहेन । खेलको इन्जुरी समयमा थियो होर्नाण्डेजले रातोकार्डको सामना गर्दा एसि मिलान १० खेलाडीमा सीमित भएको थियो ।



सम्बन्धित खबरहरु

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

Latest










Popular
Suggested