English

स्पेनिस ला लिगामा गेटाफेद्वारा लेभान्ते पराजित



स्पेनिस ला लिगाको २३औँ खेलमा गेटाफे सानदार विजयी बनेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलले हराएको हो ।

एकपक्षीय खेलमा गेटाफेलाई जिताउन इनेस उनालले दुई तथा कार्लेस एलेनाले एक गोल गरे । गेटाफेले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । इनेसले मौरो अरमबारीको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । २९औँ मिनेटमा इनेसले माथियस ओलिभेराको पासमा गोल गर्दै गेटाफेको अग्रता दोब्बर बनाए ।

गेटाफेले अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा थपेको थियो । कार्लेसले बोर्जा मायोरलको पासमा गोल गर्दै गेटाफेलाई सानदार जित दिलाए । बल पोसेसनमा अब्बल रहेपनि पाहुना टोली लिभान्तेको गोल फर्काउने प्रयास सफल भएन ।

५९ प्रतिशत बल पोसेसन राखेको लिभान्तेले खेलभर ११ वटा पोस्ट् प्रहार गरेपनि गेटाफेको रक्षापंक्ति चिर्न सकेन । गेटाफेका इनेस उनाल ‘म्यान अफ दि म्याच’ भए । जितसँगै गेटाफे १४औँ स्थानमा उक्लिएको छ । २३ खेल सकेको गेटाफेको २५ अङ्क छ । पराजित लिभान्तेमाथि रेलिगेसनको दबाब थपिएको छ ।

अन्तिममा रहेको लिभान्तेको २२ खेलबाट ११ अङ्क पुगेको छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २२ खेलबाट ५० अङ्क छ । दोस्रो स्थानमा रहेको सेभियाको ४६ र तेस्रो स्थानमा आसिन रियल बेटिसको ४० अङ्क छ ।

यो पनि
आज खेलकुदसम्बन्धी के कस्ता गतिविधि भए ?
ओलम्पिक ‘ठूलो विजय’ भन्दै किमले गरे सी जिनपिङको प्रशंसा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का