विश्वकप छनोट : अर्जेन्टिना र उरुग्वे विजयी
कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिना र उरुग्वे विजयी भएका छन्।
बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १-० ले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले खेलको २९औं मिनेटमा निर्णायक गोल गरे।
जितपछि लियोनल मेस्सीबिनाको अर्जेन्टिना १५ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ। पराजित कोलम्बिया १६ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ।
बिहानै भएको खेलमा उरुग्वेले भेनेजुयलालाई ४-१ अन्तरले पराजित गरेको छ। जितपछि उरुग्वेले १६ खेलबाट २२ अंक सहित चौथो स्थानमा उक्लिएको छ। ब्राजिल र अर्जेन्टिना यस अघि नै विश्वकपका लागि छनोट भइसकेका छन्।









google
muñecas sexuales de la vida real https://es.realsexdoll.com