English

विश्वकप छनोट : अर्जेन्टिना र उरुग्वे विजयी



कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाउरुग्वे विजयी भएका छन्।

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १-० ले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले खेलको २९औं मिनेटमा निर्णायक गोल गरे।

जितपछि लियोनल मेस्सीबिनाको अर्जेन्टिना १५ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ। पराजित कोलम्बिया १६ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ।

बिहानै भएको खेलमा उरुग्वेले भेनेजुयलालाई ४-१ अन्तरले पराजित गरेको छ। जितपछि उरुग्वेले १६ खेलबाट २२ अंक सहित चौथो स्थानमा उक्लिएको छ। ब्राजिल र अर्जेन्टिना यस अघि नै विश्वकपका लागि छनोट भइसकेका छन्।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा