English

कोपा डेबाट बाहिरियो पीएसजी



निससँग सडनडेथमा पराजित पेरिस सेन्ट जर्मन (पीएसजी) सोमबार कोपा डे फ्रान्सको अन्तिम १६ बाट बाहिरिएको छ। निर्धारित समय गोलरहीत बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुट आउट समेत ४-४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो।

निसका गोलिकिपर मार्सिन बुल्काले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोक्दै टोलीको क्वार्टफाइनल यात्रा पक्का गरेका थिए। बुल्का पिएसजीबाटै लोनमा निस गएका थिए। निसले यस जितसँगै पिएसजीको सबै खाले प्रतियोगिता गरि १४ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लगाइदिएको छ।

सन् २०११ मा लिललाई १-० को नतिजा सुम्पिएपछि पिएसजीले कोपा डे फ्रान्समा गोल गर्न नसकेको यो पहिलो खेल हो। पिएसजी निससँग पछिल्लो आठ भेटमा अपराजित थियो।

कोभिड-१९ संक्रमण भएपछि टोलीबाट रहँदै आएका अर्जेन्टिनी स्ट्राइकर सोमबार निसविरुद्धको खेलमा फर्किए पनि पिएसजीलाई क्वार्टरफाइनल पुर्‍याउन सकेनन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested