English

स्थगित पुलिस र च्यासलको खेल शनिबार



सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तगर्त नवौं चरणमा हुन नसकेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आगमी शनिबार हुने भएको छ।

च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल शनिबार गर्ने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।

लिगमा खराब समयबाट गुज्रिरहेका दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ। आठ खेलबाट पाँच अंक जोडेको च्यासल यो खेलमा जित निकाल्दै रेलिगेसन जोनबाट माथि उठ्न चाहन्छ।

यस्तै, समान खेलबाट सात अंक जोडेको पुलिस पनि तालिकमा माथि उठ्नका लागि जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ। खेलाडीमा कोभिड संक्रमण देखिएर स्थगित भएको जारी लिगको यो पहिलो खेल हो।

नवौँ चरण सकिँदा लिग तालिकाको शीर्ष स्थानमा मछिन्द्र फुटबल क्लबले चार अंकको स्पष्ट अग्रता बनाएको छ। दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलको १९ तथा तेस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको १७ अंक छ।

यो पनि

एभर्टनको नयाँ प्रशिक्षक फ्र्यांक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का