English

६ सय दिनसम्म विद्यालय बन्द



प्रि–स्कुल अनलाइन सुरु गर्दा धरिनी माथुरका छोरा चार वर्षका थिए । ६०० दिनपछि पनि उनी अझै पनि कम्प्युटरको स्क्रिनमा भर्चुअल कक्षा लिइरहेका छन् । उनको कक्षाका साथी र गुरुहरूसँग अहिलेसम्म भौतिक सम्पर्क छैन । कोभिड महामारीका कारण कक्षा कोठा बाहिर अध्ययन गर्ने नयाँ दिल्लीका ४० लाख बालबालिकाहरूमध्ये उनी एक हुन् ।

माथुरका अनुसार जारी विद्यालय बन्दले बालबालिकाको सिकाइ क्षमतामा गम्भीर असर गरेको छ । ‘हाम्रा साना बालबालिकाहरू विद्यालय बाहिर छन् । विद्यालयमा बालबालिकाबीच छलफल हुन सकेको छैन,’ माथुर भन्छिन् ।

देशव्यापी महामारी फैलिएपछि दिल्ली सरकारले मार्च २०२० मा विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । तर, बन्द विद्यालय अझै पूर्णरुपमा खुलेका छैन ।

देशव्यापी महामारी फैलिएपछि दिल्ली सरकारले मार्च २०२० मा विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । तर, बन्द विद्यालय अझै पूर्णरुपमा खुलेका छैन ।

यसलाई विश्वकै सबैभन्दा लामो समयसम्म बन्द भएको विद्यालय मानिएको छ । लामो समयसम्म भौतिक रुपमा सिकाइ नहुँदा गरिबी बढाउने, आय क्षमता घटाउने र लाखौं मानिसहरूमा मानसिक तथा शारीरिक पीडा थपिने चिन्ता बढेको छ ।

दिल्लीमा मात्र न्यून आय भएका अभिभावकका हजारौं बालबालिका छन्, जसले अनलाइन पढ्न ल्यापटपको व्यवस्था गर्न सक्दैनन् । भिडभाड र प्रदूषित वातावरणमा बस्ने उनीहरू शिक्षाबाट बञ्चित हुने खतरा बढेको छ ।

विद्यालय पुनः खोल्न माग गर्दै अगस्टमा माथुरले राज्य सरकारविरुद्ध उजुरी दिएकी थिइन् । झन्डै ६ महिनापछि यसै साता विद्यालय खोल्ने विषयमा दिल्लीका अधिकारीहरूले बैठक आयोजना गरेका थिए ।

महामारीविरोधी कदमलाई सहज पार्ने, सप्ताहन्त बिदामा कर्फ्यू हटाउने र सरकारी कार्यलय खोल्ने निर्णय भए पनि बैठकमा विद्यालय खोल्ने विषयमा कुनै निर्णय हुन सकेको थिएन ।

महामारीविरोधी कदमलाई सहज पार्ने, सप्ताहन्त बिदामा कर्फ्यू हटाउने र सरकारी कार्यलय खोल्ने निर्णय भए पनि बैठकमा विद्यालय खोल्ने विषयमा कुनै निर्णय हुन सकेको थिएन ।

‘विद्यार्थीका लागि जोखिम भएकोले हामीले विद्यालय बन्द गर्‍यौँ । तर, अत्यधिक सावधानीले हाम्रै बालबालिकालाई असर गरेको छ,’ दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोड भन्छन् ।

एसियाकै लामो समयसम्म विद्यालय बन्द

विद्यालय बन्दको सवालमा भारत युगान्डापछि दोस्रो देश हो । राष्ट्रसंघले सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार मार्च २०२० देखि अक्टोबर २०२१ सम्म भारतमा ८२ साता अर्थात ५७४ दिन विद्यालय बन्द भएको छ । युगान्डामा ८३ सातासम्म विद्यालय बन्द भएको थियो । तर, भारतको विद्यालय बन्दमा देशभर एकरुपता छैन् । प्रतिबन्धबारे राज्यअनुसारको कानुन छ ।

मार्च २०२१ मा भारत सरकारले एउटा विवादास्पद विद्येयक पारित गरेर सम्पूर्ण कार्यकारी निर्णय अनुमोदन गर्ने अधिकार गर्भनरलाई दिइएको छ ।

कोभिड संक्रमण स्थिर भएपछि पुनः सञ्चालनमा आएका विद्यालय वायु प्रदूषणको कारण दर्शाइ डिसेम्बरमा बन्द गरिएका थिए । कोभिडको नयाँ भेरियन्टदेखिपछि जनवरीदेखि फेरि बन्द छन् ।

सन् २०२० को मार्चमा पहिलो पटक बन्द भएपछि दिल्लीका विद्यालय वर्षैभर बन्द भएका थिए । सन् २०२१ को सुरुमा केही समय पुनः सञ्चालनमा आएका विद्यालय सोही वर्षको अप्रिलमा कोभिडको दोस्रो लहरसँगै फेरि बन्द भएका थिए ।

कोभिड संक्रमण स्थिर भएपछि पुनः सञ्चालनमा आएका विद्यालय वायु प्रदूषणको कारण दर्शाइ डिसेम्बरमा बन्द गरिएका थिए । कोभिडको नयाँ भेरियन्टदेखिपछि जनवरीदेखि फेरि बन्द छन् । लगातारको विद्यालय बन्दको परिणाम डरलाग्दो हुने गैरनाफामुखी संगठन टिच फर इन्डियाका शहिन मिस्त्री बताउँछन् ।

यो पनि
इतिहासमा आज : अमेरिकाले किनेको डेनमार्कदेखि जापानको भूकम्पसम्म
मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

Latest










Popular
Suggested