English

टेनिसमा सर्वाधिक ग्रान्डस्लाम जित्ने एक मात्र खेलाडी नाडाल



राफेल नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार ड्यानियल मेड्भेडेभलाई २६-६-७ ९५-७० ६-४ ६-४ ७-५ को नतिजामा पराजित गर्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका छन्।

मेलबर्न पार्कमा आइतबार भएको फाइनलको सुरुआती दुई सेट गुमाएका नाडालले त्यसपछिका लगातार तीन सेट जित्दै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बने।

सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यु गरेका नाडालले १३ पटक फ्रेन्च ओपन, दुई पटक विम्बलडन र चार पटक युएस ओपन जितेका थिए। यसपालीसहित दोस्रो पटक अस्ट्रेलियन ओपन च्याम्पियन बनेका नाडालले यसअघि २००९ मा वर्षको पहिलो ग्रान्डस्लाम जितेका थिए।

यो उपाधिसँगै टेनिसमा सर्वाधिक ग्रान्डस्लाम जित्ने एक मात्र खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान रोजर फेडेरर, नोभाक जोकोभिच र नाडालको नाममा थियो । तीनै खेलाडीले २०र२० पटक ग्रान्डस्लाम उपाधि जितेका थिए ।



सम्बन्धित खबरहरु

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

भैरहवा, १५ कार्तिक : लुम्बिनी लायन्सले एन पि एलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास!’ सार्वजनिक गरेको छ। बुद्ध दर्शन

कार्तिक १२, बाँके। नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न

भैरहवा, 9 कार्तिक: लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको जानकारी गराउन चाहन्छौं। उक्त सम्झौता

Latest










Popular
Suggested