English

रंगको प्रयोगले देखिने समस्या र जोगिने उपाय



होलीमा दलिने रंगले छालामा विभिन्न किसिमले असर गर्न सक्छ । कुनै व्यक्तिलाई प्रयोग गरिएको रंग सुट गरेको छैन भने ‘एलर्जी कन्टक्याट डेमोटाइटिस’ अर्थात् छोएर हुने एलर्जी निकाल्छ । यस्तो खालाको एलर्जी सबैलाई हुँदैन । एलर्जी हुनुमा रंगको केमिकल कन्टेन्ट र व्यक्तिको छालामा भर पर्छ ।

‘एलर्जी कन्टक्याट डेमोटाइटिस’ भयो भने रंग प्रयोग भएको २४ देखि ४८ घण्टाभित्र रंग लगाएको भाग चिलाउने, डाबर आउने, खटिरा देखिने, छाला राताम्य हुने जस्तो समस्या देखिन सक्छ ।

त्यस्तै, होलीमा प्रयोग हुने रंगको केमिकल कन्टेन्ट अलिकति एसिडिक भयो भने छाला खाने पनि हुन सक्छ । यदि कुनै व्यक्तिले कडा किसिमको केमिकल मिसावट गरेर प्रयोग गरेको छ भने त्यस्तो खालको रंगको केमिकलले छालालाई खाने वा हल्का डढाउन सक्छ । यसलाई ‘इरिटेटकन्टक्याट डेमोटाइटिस’ भनिन्छ । त्यो व्यक्तिको छालामा भन्दा पनि त्यो केमिकलमा भर पर्ने हो । यस्तो किसिमको एलर्जीमा रंग लाग्ने वित्तिकै त्यो भाग हल्का पोल्ने, चर्चराउने, रंग धोई सकेपछि पनि त्यो ठाउँको छाला सुख्खा भएर छालाको लेयर जाने जस्तो समस्या देखिन्छ ।

‘एलर्जी कन्टक्याट डेमोटाइटस’ र ‘इरिटेट कन्टक्याट डेमोटाइटिस’ यी दुई असर बाहेक कसै–कसैलाई ट्याटुईङ् पनि हुन सक्छ । रंग लागेको ठाउँमा घाउ चोट लागेको छ भने त्यो रंग घाउ भित्र छिरेर स्थायी रूपले बस्न सक्छ । यसलाई केमिकल ट्याटुईङ् भनिन्छ । यी समस्या होलीमा रंग खेल्दा देखिने सामान्य समस्या हुन् ।

सबैलाई हुँदैन एलर्जी

रंगकोे एलर्जी सबैलाई हुने होइन । यो असर त्यस्तो व्यक्तिलाई देखिन्छ, जसको छाला संवेदनशील छ । कुनै व्यक्तिको छाला सुख्खा छ, पहिले नै छाला ड्यामेज छ, पातलो छ, यस्तो खालाको छालामा ‘इरिटेट कन्टक्याट डेमोटाइटिस’ हुन्छ ।

आजभोलि एलर्जी कम गर्ने हाइपो एलर्जीनिक थरिथरिका रंग पाइन्छ । यसरी छालालाई सुट गर्ने अथवा अग्र्यानिक मटेरियलमा आधारित केमिकल न्यून भएको रंग प्रयोग गर्दा एलर्जी हुने सम्भावना कम रहन्छ । त्यसैले, रंगबाट देखा पर्ने समस्यालाई कम गर्न आफ्नो छालाको किसिम बुझेर सकेसम्म रंगको प्रयोग अथवा केमिकलयुक्त रंगको प्रयोग कम गर्नुपर्छ ।

रंग खेल्ने व्यक्तिले एसिड कन्टेन्ट केमिकलहरु मिसावट नगर्ने हो भने पनि रंगबाट हुने असर कम गर्न सकिन्छ । किनकी यसले मिसावट गर्ने व्यक्ति स्वयम्लाई पनि हानी पुर्याउँछ ।

सुख्खा छालामा समस्या ज्यादा हुने भएकाले होलीमा रंग खेल्नु अघि छालालाई नरम राख्न सकियो भने एलर्जीको असर कम गर्न सकिन्छ ।

रंग कसरी पखाल्ने ?

होलीको रंग पखाल्न सफा मन तातोपानी र साबुनले धुनुपर्छ । एक पटकमा निख्रिएन भने दोह्र्याएर धुनु पर्छ । तर रंग निकाल्न अर्को केमिकलको प्रयोग कदापि गर्नुहँुदैन, किनकी यसले छालामा झन समस्या देखा पर्छ ।

(डा.लामासँग सरिता थारुको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested