English

आजका खेलकुद गतिविधि



पाँच टी-२० शृंखलाअन्तर्गत भ्रमणकारी टोली इङ्ल्यान्डले चौथो खेलमा आइतबार घरेलु टोली वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै खेल २-२ को बराबरीमा ल्याएको छ। १९४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५९ रनमा समेटियो।

वेस्ट इन्डिजका ओपनर काइल मायर्सले ४० रन जोड्दा जसन होल्डरले ३६, ब्रान्डन किङले २६ र निकोलस पुरनले २२ रनको योगदान दिए। इङ्ल्यान्डका मोइन अलीले दुई तथा रेस टपले,आदिल रासिद, लियाम लिभिङस्टोनले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भ्रमणकारी टोली इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रनको मध्यम योगफल तयार पारेको थियो। इङ्ल्यान्डका लागि मोइन अलीले सर्बाधिक ६३ रन जोड्दा ओपनर जसन रोय ५२ रनको योगदान दिए।

क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

घरेलु मैदानमा कार्ल टोको एकाम्बीले दोस्रो हाफमा दुई गोल गरेपछि क्यामरुनले सहज जित हात पार्‍यो। २९ वर्षीय टोकोले खेलको ५० र ५७औं मिनेटमा गोल गरे। अब क्यामरुनले फाइनल प्रवेशका लागि इजिप्ट र मोरक्कोको बीचको विजेताको सामना गर्नेछ।

१० खेलाडीमा सीमित बुर्किना फासोले तुनिसियालाई १-० अन्तरले पराजित गरेको हो। बुर्किनाको जितमा पहिलो हाफको इन्जुरी समयमा डान्गो औताराले गरेको गोल निर्णायक रह्यो।

खेलको ८२औं मिनेट गोलकर्ता १९ वर्षीय डान्गोले रातो सामना गरे। अब बुर्किना फासोले फाइनल प्रवेशका लागि फाइनल प्रवेशका लागि सेनेगल र गिनीबीचको विजेतासँग खेल्नेछ।

यो पनि

गोर्खाज र एनआरएन यूकेको लोगोसहित बक्सिङमा भिड्दै जोन राइडर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का