English

जोर–बिजोर हटाउन र परीक्षा सञ्चालन गर्न सिफारिस



कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले मन्त्रीपरिषद्लाई जोर बिजोर प्रणाली हटाउने बारे निर्णय गर्न सिफारिस गरेको केन्द्रकी प्रवक्ता सुनिता नेपालले मेरोलाइफस्टाइललाई जानकारी दिइन् ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सहितको संक्रमण तीव्र गतिमा बढेसँगै यसअघि काठमाडौं उपत्यका(काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीको ६ माघको बैठकले जोरबिजोर प्रणाली लागू गर्ने आदेश दिएको थियो । यद्यपि, यो प्रणालीले सवारीसाधनमा अत्याधिक चाप बढेर संक्रमण नियन्त्रण भन्दा फैलाउन बढी मद्धत गरेकाले हटाउन सिफारिस गरिएको नेपालले जानकारी दिइन् ।

यसैगरी, सीसीएमसीको आजको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिक रुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ । साथै, त्रिवि लगायतका विभिन्न विश्वविद्यालयले स्थगित गरेको परीक्षालाई सूचारु गर्न गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिएको नेपालले बताइन् ।

‘सिनेमा हल, डान्स बार, स्विमिङ पुल लगायतलाई केन्द्रित गरि गरिएको यसअघिको निर्णयलाई माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरेका छौं,’ उनले भनिन् ।

त्यस्तै, खोप अभियानलाई प्रभावकारी बनाउन खोपको सुनिश्चिततालाई व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरिएको छ ।

यो पनि
जनगणना २०७८ : कति पुग्यो नेपालको जनसंख्या ?
जनगणना २०७८ : नेपालमा पुरुषभन्दा महिला बढी, शहरमा बस्ने ह्वात्तै बढे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested