English

ओप्पोले ल्यायो एफ १९ प्रो



स्मार्टफोन निर्माता कम्पनी ओप्पोले एफ १९ प्रो मोडल सिरिजलाई भारतीय बजारमा ल्याएको छ ।  बजारमा आए लगत्तै यो मोडलले बिक्रीको रेकर्ड समेत कायम गरेको जनाएको छ । 

ओप्पो एफ १९ प्रो तीन सरिजमा रहेको छ । ८ जीवी र्‍याम, १२८ जीवी स्टोरेज रहेको सेटको मूल्य ३४ हजार रुपैंया तोकिएको छ भने ८ जीवी र्‍याम र २ सय ५६ जीवी स्टोरेजको ३७ हजार रुपैंया र ओप्पो एफ १९ प्रो ५ जिको ४० हजार नेपाली रुपैंया तोकिएको छ । 

ओप्पो एफ १९ प्रो ६ दशमलव ४ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ । ओप्पोको यो सिरिजमा एन्ड्रोइड ११ को आपरेटिङग सिस्टम रहेको छ । यो मोडलमा ८ जीवी र्‍याम र १ सय २८ जीवीको इन्टरनल स्टोरेज रहेको छ । ४८ मेगापिक्सेल प्राइमरी क्यामरा साथै ८ र २ मेगा पिक्सेलको दुई क्यामेरा रहेको छ । 

सेल्फीका लागि १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा पनि रहेको छ । यो सेटको ब्याट्री क्षमता ४ हजार ३ सय १० एमएएच को रहेको छ । 

ओप्पोको बजारमा ल्याएको स्मार्ट फोनहरू फ्लुड ब्ल्याक र स्पेस सिल्भर रङमा उपलब्ध रहेको छ ।



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested