English

ओप्पोले ल्यायो एफ १९ प्रो



स्मार्टफोन निर्माता कम्पनी ओप्पोले एफ १९ प्रो मोडल सिरिजलाई भारतीय बजारमा ल्याएको छ ।  बजारमा आए लगत्तै यो मोडलले बिक्रीको रेकर्ड समेत कायम गरेको जनाएको छ । 

ओप्पो एफ १९ प्रो तीन सरिजमा रहेको छ । ८ जीवी र्‍याम, १२८ जीवी स्टोरेज रहेको सेटको मूल्य ३४ हजार रुपैंया तोकिएको छ भने ८ जीवी र्‍याम र २ सय ५६ जीवी स्टोरेजको ३७ हजार रुपैंया र ओप्पो एफ १९ प्रो ५ जिको ४० हजार नेपाली रुपैंया तोकिएको छ । 

ओप्पो एफ १९ प्रो ६ दशमलव ४ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ । ओप्पोको यो सिरिजमा एन्ड्रोइड ११ को आपरेटिङग सिस्टम रहेको छ । यो मोडलमा ८ जीवी र्‍याम र १ सय २८ जीवीको इन्टरनल स्टोरेज रहेको छ । ४८ मेगापिक्सेल प्राइमरी क्यामरा साथै ८ र २ मेगा पिक्सेलको दुई क्यामेरा रहेको छ । 

सेल्फीका लागि १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा पनि रहेको छ । यो सेटको ब्याट्री क्षमता ४ हजार ३ सय १० एमएएच को रहेको छ । 

ओप्पोको बजारमा ल्याएको स्मार्ट फोनहरू फ्लुड ब्ल्याक र स्पेस सिल्भर रङमा उपलब्ध रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested