English

अस्ट्रेलियन ओपन : पहिलोपटक फाइनलमा पुगिन् बार्टी



विश्व नम्बर एक अस्लेग बार्टी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन अ‍ोपनको फाइनलमा पहिलो पटक पुगेकी छन्।

बिहीबार मेलबर्न पार्कमा भएको सेमिफाइनलमा विश्व वरियताको ५१औं स्थानकी अमेरिकी खेलाडी म्याडिसन किजलाई ६-१ ६-३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन्।

दुई पटककी ग्रान्डस्लाम च्याम्पियनसमेत रहेकी बार्टी यसअघि सन् २०२० मा सेमिफाइनलसम्म आइपुगेकी थिइन्। त्यसयता २०२१ मा क्वार्टरफाइनलबाट बाहिरिएकी बार्टीले गत वर्ष विम्बलडनको उपाधि उचालेकी थिइन्।

बार्टीले फाइनलमा घरेलु कोर्टमा पहिलो ग्रान्डस्लाम जित्नका लागि इगा स्वायेटेक र ड्यानिले कोलिन्सबीचको विजेतासँग खेल्नेछिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का