English

विश्व स्वास्थ संगठनले तोकेको मापदण्डमा भन्दा अत्याधिक बढी प्रदूषण

घातक धुवाँले उपत्यका दिउँसै अन्धकार (फोटो फिचर)



धुवाँ धुलोको कारण अहिले काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित सहर बनेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायुको गुणस्तर सूचकाङ्क एक्यूआई ३०० भन्दा बढी हुनुलाई घातक मानिन्छ । तर उपत्यकाको वायु प्रदूषण एक्युआई ४७० रेकर्ड भएको छ ।

 
शुक्रवार मध्यान्हपछि उपत्यकाको वायुमण्डल एकाएक धमिलो हुन थालेको थियो । यो क्रम शनिवार पनि रोकिएको छैन । स्वास्थ्यकर्मी र सरकारले अहिले नागरिकहरूलाई बाहिर विना काम ननिस्कन आग्रह गरिरहेका छन् । उनीहरूले अहिलेको प्रदूषणले स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका समस्याहरू निम्त्याउने भन्दै चेतावनी दिई रहेका छन् । काठमाडौँ वरिपरिका विभिन्न भागमा डढेलो लागेको कारणले पनि उपत्यकामा प्रदूषण बढेको अनुमान गरिएको छ । यो तुवाँलो केही दिन अझै रहने मौसमविद्हरूले जनाएका छन् । 


मेरो लाइफस्टाइलले शनिवार बिहान उपत्यकाको विभिन्न भागमा गएर खिचेका केही तस्बिरहरू ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested