English

एनएसएलमा अब १० टिम




फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ। नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो संस्करण जेठमा सम्पन्न भएको थियो।

पोखरा र काठमाडौं गरी दुई सहरमा हुने प्रतियोगिता २८ चैतमा सुरु भई ७ जेठसम्म चल्ने छ भने तीन नयाँ टोली थपिने भएका छन्। यसअघि पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो।

प्रतियोगिताको सुरुवात पोखरामा हुने र प्रतियोगिताको दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ। कोभिड-१९ को अवस्थाअनुसार तय भएको योजनामा फेरबदल हुन सक्ने र खेल एउटै शहरमा आयोजना गर्न सकिने पनि आयोजकले बताएको छ।

आगामी संस्करणबाट थपिने तीन टोलीका लागि फेब्रुअरीमा अक्सन गर्ने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअघि पहिलो संस्करणमा धनगढी एफसीलाई १-० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि जितेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested