English

एनएसएलमा अब १० टिम




फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ। नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो संस्करण जेठमा सम्पन्न भएको थियो।

पोखरा र काठमाडौं गरी दुई सहरमा हुने प्रतियोगिता २८ चैतमा सुरु भई ७ जेठसम्म चल्ने छ भने तीन नयाँ टोली थपिने भएका छन्। यसअघि पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो।

प्रतियोगिताको सुरुवात पोखरामा हुने र प्रतियोगिताको दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ। कोभिड-१९ को अवस्थाअनुसार तय भएको योजनामा फेरबदल हुन सक्ने र खेल एउटै शहरमा आयोजना गर्न सकिने पनि आयोजकले बताएको छ।

आगामी संस्करणबाट थपिने तीन टोलीका लागि फेब्रुअरीमा अक्सन गर्ने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअघि पहिलो संस्करणमा धनगढी एफसीलाई १-० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि जितेको थियो।



सम्बन्धित खबरहरु

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

भैरहवा, १५ कार्तिक : लुम्बिनी लायन्सले एन पि एलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास!’ सार्वजनिक गरेको छ। बुद्ध दर्शन

कार्तिक १२, बाँके। नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न

भैरहवा, 9 कार्तिक: लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको जानकारी गराउन चाहन्छौं। उक्त सम्झौता

Latest










Popular
Suggested