English

घरमै कसरी बनाउने किसमिस ?



किसमिस मन नपराउने व्यक्ति कमै होलान् । अंगुरलाई सुकाएर बनाइन्छ किसमिस, जसलाई ‘ड्राई फुड’ भनिन्छ । यो ड्राई फुड स्वस्थको लागि राम्रो मानिन्छ । हामीले यसलाई यतिकै खानुका साथै विभिन्न अन्य परिकारमा पनि राखेर खाना सक्छौं । जस्तै खिर, हलुवा लगायत परिकारमा किसमिस राखे परिकारको स्वाद बढ्छ ।

किसमिस बजारमा किन्दा महंगो पर्न जान्छ । यसको तुलनामा अंगुर सस्तो हुन्छ, जसबाट घरमा सजिलै किसमिस बनाउन सक्नु हुन्छ ।

आवश्यक सामग्री

अंगुर आवश्यकताअनुसार
पानी आवश्यकताअनुसार
भाँडा
ग्याँस
कटनको कपडा
नाङ्लो वा ट्रे

बनाउने तरिका

अंगुर आवश्यकताअनुसार खरिद गरेर ल्याउनुहोस् ।
झुप्पाबाट अंगुर एक–एक गर्दै नफुट्ने गरी निकाल्नुहोस् ।
अंगुरलाई सफा पानीले धुनुहोस् ।
अब अंगुर र पानी बराबरी एउटा भाँडामा राख्नुहोस् ।
अंगुर र पानी भएको भाँडा ठिक्कको आगोमा १० देखि १५ मिनेट राख्नुहोस् ।
अब अंगुरको रङ बद्लिएर पहेँलो देखिन्छ र पानीमाथि तैरिन्छ ।
पहेँलो भएको अंगुर पानीमाथि तैरिएपछि पानीबाट झिक्नुहोस् ।
पानीबाट निकालेको अंगुरबाट पानी निस्किन दिनुहोस् ।
त्यसपछि कपडा ट्रे वा नाङ्लोमा विछ्याउनुहोस् ।
विछ्याएको कपडामा पानी निख्रिएको अंगुर एक–एक गर्दै राख्नुहोस् ।
यसरी अंगुर राख्दा एक–अर्कामा नटाँसिने गरी राख्नुहोस् ।
ट्रे वा नाङ्लोमा राखिएको अंगुरलाई चर्को घाम लाग्ने ठाउँमा राख्नुहोस् ।
यसरी अंगुरलाई एकदेखि दुई दिनको चर्को घाममा सुकाउनुहोस् ।
अब किसमिस तयार हुन्छ । र, यसलाई तपाईँले अवश्यकता अनुसार खाना सक्नु हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested