English

अलैंची उत्पादन बढ्यो



खोटाङमा अलैंची उत्पादनमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ५४२ मेट्रिक टन अलैंची उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ७८७.३६ मेट्रिक टन अलैंची उत्पादन भएको हो। कृषि ज्ञान केन्द्रका अनुसार यो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २४५ मेट्रिक टनले बढी हो।

मौसम अनुकूल हुँदा र रोगको प्रकोप कम भएका कारण अलैंचीको उत्पादन बढेको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए। जिल्लामा लगातार तीन आर्थिक वर्षयता अलैंची उत्पादनमा वृद्धि भएको पाइएको छ।

जिल्लामा अलैंची खेतीका लागि योग्य १४ हजार २ हेक्टर जमिनमध्ये १० हजार ६४ मा लगाउने गरिएको छ। १० स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ५४० मेट्रिक टन अलैंची उत्पादन भएको थियो।

खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची विक्रीबाट करिब ३ करोड रकम भित्रिने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा उत्पादित अधिकांश अलैंची सरदर प्रतिमन ३५/४० हजारका दरले निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा रहेको छ।

कतिपय किसान अलैंचीको बजारभाउ बढ्ने र त्यही मौकामा विक्री गर्ने प्रतीक्षामा छन्। अलैंचीको भाउ निरन्तर ओरालो लाग्दा कुनै समय प्रतिमन एक लाखसम्ममा अलैंची बिक्री गरेका किसान भने निराश छन्।

केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागे पनि यसको खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैंची खेती सुरु गरेका किसानले वर्षेनी अलैंची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन्।

धान उत्पादन हुने उर्वर सिमसारे खेतमा समेत हिजोआज अलैंचीको बोट झुल्न थालेका छन्। भाउ घट्दा पनि अन्य खाद्य बालीको तुलनामा अलैंचीकै आम्दानी बढी हुने गरेको केपिलासगढी गाउँपालिका-३ बासपानी छिप्रुङका किसान ध्रुवराज राईले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested