English

अलैंची उत्पादन बढ्यो



खोटाङमा अलैंची उत्पादनमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ५४२ मेट्रिक टन अलैंची उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ७८७.३६ मेट्रिक टन अलैंची उत्पादन भएको हो। कृषि ज्ञान केन्द्रका अनुसार यो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २४५ मेट्रिक टनले बढी हो।

मौसम अनुकूल हुँदा र रोगको प्रकोप कम भएका कारण अलैंचीको उत्पादन बढेको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए। जिल्लामा लगातार तीन आर्थिक वर्षयता अलैंची उत्पादनमा वृद्धि भएको पाइएको छ।

जिल्लामा अलैंची खेतीका लागि योग्य १४ हजार २ हेक्टर जमिनमध्ये १० हजार ६४ मा लगाउने गरिएको छ। १० स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ५४० मेट्रिक टन अलैंची उत्पादन भएको थियो।

खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची विक्रीबाट करिब ३ करोड रकम भित्रिने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा उत्पादित अधिकांश अलैंची सरदर प्रतिमन ३५/४० हजारका दरले निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा रहेको छ।

कतिपय किसान अलैंचीको बजारभाउ बढ्ने र त्यही मौकामा विक्री गर्ने प्रतीक्षामा छन्। अलैंचीको भाउ निरन्तर ओरालो लाग्दा कुनै समय प्रतिमन एक लाखसम्ममा अलैंची बिक्री गरेका किसान भने निराश छन्।

केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागे पनि यसको खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैंची खेती सुरु गरेका किसानले वर्षेनी अलैंची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन्।

धान उत्पादन हुने उर्वर सिमसारे खेतमा समेत हिजोआज अलैंचीको बोट झुल्न थालेका छन्। भाउ घट्दा पनि अन्य खाद्य बालीको तुलनामा अलैंचीकै आम्दानी बढी हुने गरेको केपिलासगढी गाउँपालिका-३ बासपानी छिप्रुङका किसान ध्रुवराज राईले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested