English

खेलकुदका तीन समाचार



इंग्लिस प्रिमियरमा लिभरपुल र चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन्। आइतबार राति भएको खेलमा भ्रमणकारी टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हरायो। लिभरपुलको जितमा भिर्गिन भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १-१ गोल गरे।

घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे। भिर्गिल भान डाइकले आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। खेलको ३२औं मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गर्दा लिभरपुल२-० ले अगाडि बढ्यो। ५५औं मिनेटमा प्यालेसका इडवार्डले गोल गर्दै दूरी २-१ को स्थिति झारे। खेलको ८९औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए।

जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेर दोस्रो स्थानमा छ। पराजित क्रिस्टल प्यालेस २४ अंक जोडेर १३ औं स्थानमा छ। अर्को खेलमा चेल्सीले टोटेनहमलाई २-० अन्तरले हरायो। घरेलु मैदानमा चेल्सीलाई जितउन हाकिम जिएच र थियागो सिल्भाले १-१ गोल गरे।

४७औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। ५५ औं मिनेटमा सिल्भाले गोल गर्दा चेल्सीलाई सहज जिततर्फ अग्रसर भयो। जितसँगै चेल्सी २४ खेलमा ४७ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित टोटेनहम ३६ अंक जोडेर सातौं स्थानमा छ। राति भएको अन्य खेलमा आर्सनल र बर्नलीले गोल रहित बराबरी खेल्दा लेस्टर सिटी र ब्राइटनले १-१ गोलको बराबरी खेले।

कोरोनाले भारतका खेलाडी नहुँदा ताईपेसँगको खेल हुन सकेन

कोरोनाको कारण न्युनतम १३ खेलाडी उपस्थिति गराउन नसकेपछि एएफसी महिला एसियन कप-२०२२अन्तर्गत घरेलु टोली भारत र चाइनिज ताइपेबिरुद्दको खेल नहुने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले मुम्बईस्थित डिवाई पटिल मैदानमा हुने खेल नहुने घोषणा गरेको हो।

कोभिड-१९ संक्रमणका कारण भारतले आफ्नो १३ खेलाडीको नामावली आयोजकलाई बुझाउन नसकेपछी समूह ए को खेल नभएको हो। खेल अघि सहभागी टोलीले अन्तिम २३ खेलाडी नामावली आयोजकलाई बुझाउने गरिन्छ। तर,अत्याधिक कोरोनाको कारण आयोजक भारतले न्युनतम १३ खेलाडी सार्वजनिक गर्न असफल भयो। जसका कारण खेल स्थगित भएको छ। पहिलो खेलमा भारत इरानसंग गोलरहित बराबरीमा रोकिएको थियो।

खोटाङ फुटबल एकेडेमीलाई इकिमा इन्टरप्राइजेजको साथ

फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको खोटाङ फुटबल एकेडेमी (केएफए) लाई इकिमा इन्टरप्राइजेज प्रालि दिक्तेलले साथ दिएको छ। दिक्तेलबजारमा केही समयअघि खुलेको होन्डाको आधिकारिक विक्रेता इकिमा इन्टरप्राइजेजले खोटाङ फुटबल एकेडेमीलाई एक वर्षका लागि प्रायोजक बनेर साथ दिएको हो।

‘फुटबल सबैका लागि’ भन्ने नारासहित २०७३ सालदेखि विभिन्न उमेर समुहका खेलाडीलाई सहभागी गराएर फुटबलको प्रशिक्षण सञ्चालन गर्दै आएको केएफएलाई इकिमा इन्टरप्राइजेजले ५० हजार बराबरको सहयोग गर्नेगरी आइतबार एक वर्षे सम्झौता गरिएको छ।

स्वतःस्फुर्तरुपमा खेलाडी उत्पादन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको केएफएको प्रोत्साहनका लागि आधिकारिक प्रयायोजकका रुपमा साथ दिइएको इकिमा इन्टरप्राइजेज प्रालि दिक्तेलका प्रोपाईटर किरणजित राईले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का