English

कोरोना संक्रमण बढेपछि राष्ट्रिय महिला लिग स्थगित



अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग स्थगित गरेको छ। कोभिड-१९ को संक्रमण बढ्दै गएपछि एन्फा राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो।

एन्फाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै प्रतियोगिता स्थगित भएको जनाएको हो। यस्तै एन्फाले नयाँ मिति भने अर्को सूचनामार्फत जारी गर्ने जनाएको छ। यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले राष्ट्रिय लिग निर्धारित समयमा नहुने बताएका थिए।

एन्फाको २२ पुसमा बसेको २४ घण्टा लामो साधारणसभाले महिला राष्ट्रिय लिग यही १५ माघदेखि संशोधित बजेटसहित पायक पर्ने स्थानमा आयोजना गर्ने निर्णय गरेको थियो।

यस पटक एन्फाले आठ टोली सहभागी राष्ट्रिय महिला लिगलाई विराटनगर रंगशालामा गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमण बढ्दै जाँदा मैदान तयारीदेखि क्लबको तयारीलाई समेत प्रभावित हुँदा एन्फा कोरोना परिस्थिति हेरेर लिग गर्ने निर्णयमा पुगेको हो।

यसअघि एन्फा महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराएका थिए।

लिगमा गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका ललितपुर महानगरपालिकाले लिग खेल्नेछन्।

गत फागुनमा सम्पन्न लिगमा एन्फाले सहभागी टोलीलाई ४ विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो। लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested