English

कोरोना संक्रमण बढेपछि राष्ट्रिय महिला लिग स्थगित



अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग स्थगित गरेको छ। कोभिड-१९ को संक्रमण बढ्दै गएपछि एन्फा राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो।

एन्फाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै प्रतियोगिता स्थगित भएको जनाएको हो। यस्तै एन्फाले नयाँ मिति भने अर्को सूचनामार्फत जारी गर्ने जनाएको छ। यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले राष्ट्रिय लिग निर्धारित समयमा नहुने बताएका थिए।

एन्फाको २२ पुसमा बसेको २४ घण्टा लामो साधारणसभाले महिला राष्ट्रिय लिग यही १५ माघदेखि संशोधित बजेटसहित पायक पर्ने स्थानमा आयोजना गर्ने निर्णय गरेको थियो।

यस पटक एन्फाले आठ टोली सहभागी राष्ट्रिय महिला लिगलाई विराटनगर रंगशालामा गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमण बढ्दै जाँदा मैदान तयारीदेखि क्लबको तयारीलाई समेत प्रभावित हुँदा एन्फा कोरोना परिस्थिति हेरेर लिग गर्ने निर्णयमा पुगेको हो।

यसअघि एन्फा महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराएका थिए।

लिगमा गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका ललितपुर महानगरपालिकाले लिग खेल्नेछन्।

गत फागुनमा सम्पन्न लिगमा एन्फाले सहभागी टोलीलाई ४ विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो। लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो।



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested