English

ज्योतीको गीतमा अभिनेता आर्यन (भिडियो सहित)



गीतकार ज्योती गुरुङको ‘सधैं सँगै’ बोलको गीत सार्वजनिक भएको छ । गायक गंगाराज राई र गायिका दीपा लामाको स्वर रहेको गीत आज (शुक्रबार) जेजी क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र मोडल निरु कोइरालाले अभिनय गरेका छन् । सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा जया शर्माले रचनात्मकता थपेकी छन् । राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन र सिमोन तामाङले कलरिङ गरेका छन् ।

बेलायतस्थित स्टुडियो प्लाटफर्म र काठमाडौंको किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतमा गंगा राज राईकै संगीत रहेको छ । गीतमा राजु कार्कीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङक गरेका हुन् ।

गीतकार गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रा, खै कसरी लगायतका गीत बजारमा आइसकेका छन् ।

यो छुट्ला है…
प्रमोद र ज्योतीको ‘खै कसरी’ (भिडियो सहित)

‘जीवनकै पहिलो अवार्डले उर्जा थपेको छ’

भिडियो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली