प्रमोद र ज्योतीको ‘खै कसरी’ (भिडियो सहित)



गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार जेजी क्रियशन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । प्रवासमा रहेर नेपाली गीत–संगीतलाई माया गर्ने गीतकार ज्योती गुरुङले कोरेको शब्दमा संगीतकार गंगाराज राईले लय हालेका हुन् । किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङको काम गरेका छन् ।

यो पनि हेर्नुहोस्:

गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक

गीतको भिडियोमा मोडल नम्रता सापकोटा, बिकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । निर्देशक सुव्रतराज आचार्यले निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थपेकी छन् ।

यो पनि:

‘जीवनकै पहिलो अवार्डले उर्जा थपेको छ’

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् ।
गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रा लगायतका गीत बजारमा आइसकेका छन् ।

भिडियो हेर्नुहोस्:



...
ज्योतीको गीतमा अभिनेता आर्यन (भिडियो सहित) - Mero LifeStyle Mero LifeStyle

[…] ज्योती गुरुङको ‘सधैं सँगै’ बोलको गीत सार्वजनिक […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का

बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी

फाल्गुनन्द लिङ्देन फिल्मस्ले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ। लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो,

काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्। बुढानीलकण्ठ नगरपालिका-२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया

Suggested