English

रहेनन् अभिनेता गेस्पर्ड



पेरिस । फ्रान्सेली अभिनेता गेस्पर्ड उलीलको ३७ वर्षको उमेरमा दक्षिणपूर्वी फ्रान्समा एक स्कीइङ दुर्घटनामा निधन भएको छ। उनको निधनले फ्यान तथा फिल्मकर्मी दुःखी भएका छन्।

अभिनेता जीन डुजार्डिनले इन्स्टाग्राममा एक क्याप्सन लेख्दै गेस्पर्डको तस्बिर पोस्ट गरेका छन्। जसमा एक कालो हृदय भएको इमोजीका साथ ‘गेस्पर्ड’ लेखिएको छ।

फ्रान्सेली संस्कृतिमन्त्री रोजलिन बाचेलटले बुधबार ट्वीट गर्दै गेस्पर्डलाई ‘एक असाधारण अभिनेता’ भनेका छन्। फ्रान्सेली प्रधानमन्त्री जीन कास्टेक्सले गेस्पर्ड फिल्मसँगै ठूलो भएको र फिल्म पनि गेस्पर्डसँगै ठूलो भएको उल्लेख गरेका छन्।

उनले फिल्म र गेस्पर्डले एकापसमा पागलपनका रूपमा प्रेम गर्ने गरेको दाबी गरेका छन्। गेस्पर्ड मार्वलको आगामी सिरिज ‘मून नाइट’मा देखिँदै थिए।

गेस्पर्ड ‘हेनिबल राइजिङ’मा हेनिबल लेक्टरको भूमिकाका लागि लोकप्रिय थिए। गेस्पर्ड फिल्मका अलावा विज्ञापनको दुनियाँमा पनि चिनिएका नाम थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested