English

बार्सिलोना बाहिरियो,लिभरपुल फाइनलमा



काठमाडौं । एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि-क्वाटरफाइनलबाट बाहिरिएको छ।

बिहिबार राति भएको खेलमा पराजित भएसँगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो। बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे। पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे।

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ। बिहिबार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपपछि लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसँगको भेट पक्का गरेको हो।

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे। खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछि घरेलु टोली आर्सनल १० खेलाडीमा सीमित भयो। यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो। यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का