English

हिरो इलेक्ट्रिक स्कुटरको चार मोडल नेपालमा



हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटी प्रालिले इलेक्ट्रिक स्कुटर बिक्रीमा ल्याएको छ । भारतमा उत्पादित चार मोडलका स्कुटर बिक्री शुरू गरेको हो ।

नेपाली बजारमा हिरोको इलेक्ट्रिक स्कुटर पहिलोपटक बिक्री गरिने कम्पनीको दाबी छ । एनवाईएक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।

यी स्कुटरहरूले एकपटक फुल चार्ज गरेपछि ८२ किलोमिटरदेखि १ सय ६५ किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।
भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउँदै ल्याउने योजना रहेको जानकारी कम्पनीले गराएको छ ।

काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री भइरहेको जनाइएको छ ।

यो पनि…
महाविर पुनको आविष्कार केन्द्रलाई टेल्जीको स्कुटर उपहार
आयो ब्लुटुथ कनेक्ट स्कुटर- ‘टिभीएस एनटर्क १२५’



सम्बन्धित खबरहरु

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

भैरहवा, १५ कार्तिक : लुम्बिनी लायन्सले एन पि एलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास!’ सार्वजनिक गरेको छ। बुद्ध दर्शन

कार्त्तिक १३, काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ। आज

अनलाईनका माध्यमहरूमा देखा परेका, प्रलोभनमा पार्ने खालका पोष्टहरूको पछि नलागि,आफुले प्रयोग गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारीक पेज, वेबसाईटबाट मात्र

Latest










Popular
Suggested