English

साप्सु खोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडियो



खोटाङ । खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ।

हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ केभी जलजले-बुइपा प्रसारणलाइनमार्फत नेशनल ग्रिडमा जोडिएको हो।

थ्रिस्टार हाइड्रो पावर कम्पनी लिमिटेडले करिब १ अर्व ५० करोड खर्चमा दुई वर्षमा अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत आयोजनाको काम पुरा गरेको हो। आयोजनाको काम सम्पन्न भएसँगै गत १४ मंसिरदेखि परीक्षण उत्पादन सुरु गरिएको थ्रिस्टार हाइड्रो पावर कम्पनीका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले जानाकारी दिए।

आयोजनामा हिमालयन बैंक र राष्ट्रिय बाणिज्य बैंकले ६५ प्रतिशत ऋण तथा डेभलपर (सञ्चालक) को ३५ प्रतिशत स्वपूजी लगानी छ। राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सव-स्टेशनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ।

प्रभावित क्षेत्रका स्थानीयले विद्युत तथा बाटो मर्मतको माग गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका स्थानीय मनोज राईले बताए।

वर्षा याममा ६.६ मेगावाट विद्युत उत्पादन भए पनि हिउँदको समयमा खोलामा पानी घट्दा उत्पादन क्षमता घट्ने भएकाले हिउँदमा (पिकआवर) मा पूर्ण क्षमताकै विद्युत आपूर्तिका लागि रिजर्भ निर्माण गरिएको छ। दुई वर्षसम्म साप्सु खोला जलविद्युत आयोजनाको काम सञ्चालन हुँदा सयौं स्थानीयले रोजगार पाएको स्थानीय प्रदीप दाहालले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested