English

चेल्सीको उपाधि यात्रामा को बन्यो तगारो?



काठमाडौं । ब्राइटनसँग मंगलबार राति १-१ गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ। सिजनको सुरुआतमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरूमा लय गुमाउँदै उपाधिबाट टाढा रहेको छ।

गय राति भ्रमणकारी टोलीमाथि ब्राइट तगारो बन्यो। अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा अग्रता भने चेल्सीले लियो। २८औं मिनेटमा हाकीम जियेचले गोल गर्दै भ्रमणकारी टोली चेल्सीलाई अग्रता दिलाए। उनले कान्तेको पास सदुपयोग गरेका थिए।

तर, ६०औं मिनेटमै एडम वेवस्टेरले गोल गर्दै खेल बराबरी स्थितिमा ल्याए। बाँकी समय गोल नहुँदा चेल्सी अंक बाढ्न बाध्य भयो।

नतिजासँगै चेल्सी २३ खेलबाट ४४ अंकसहित तेस्रो स्थानमा छ। जुन शीर्षस्थानको म्यानचेष्टर सिटीभन्दा १२ अंकले पछि हो। दोस्रो स्थानको लिभरपुल एक अंकले माथि रहेको छ। तर,लिभरपुलले दुई खेल कम खेलेको छ। यता, ब्राईटन भने २१ खेलबाट २९ अंक सहित नवौं स्थानमा छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested