English

‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स’ कोर्स सुरु गर्दै कुसोम



काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले ‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स’ कोर्सको अध्यापन गर्ने भएको छ । अर्थशास्त्रमा खोज र अनुसन्धानकर्ता उत्पादन गर्ने उद्धेश्यले यो कोर्स अध्यापनमा ल्याएको बताइएको छ ।

देशको अर्थतन्त्र ब्यवस्थापनका लागि इकोनोमिक्सका विज्ञ आवश्यक परेकाले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको नयाँ कार्यक्रम ल्याएको कुसोमका अच्युत वाग्लेले बताए । ‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स विषयको अध्ययनले व्यवस्थापन र अर्थशास्त्रलाई सँगसँगै प्रयोग गर्न सकिन्छ,’ वाग्लेले भने, ‘देशको अर्थतन्त्रलाई व्यवस्थापनका लागि जनशक्ति यहीँबाट उत्पादन हुन्छ ।’

व्यवासायी र अर्थशास्त्रीबीचको अन्तरलाई कम गर्ने उद्धेश्यले यो कार्यक्रम ल्याएको कुसोमका डिन प्रा. डा. देवीप्रसाद विडारीले बताए । अर्थतन्त्रमा विश्लेषणत्मक अध्ययन गर्नेहरुको लागि यो विषय अवसर बनेको विडारीले जनाए ।

केयुबाट इकोनोमिक, व्यवस्थापन, साइन्स, इन्जेनिरीङ विषयमा स्नातक तह अध्ययन पुरा गरेको नेपाली र अन्य राष्ट्रका नागरिकले अध्ययन गर्न सक्ने छन् । भर्ना हुनाका लागि स्नातक तहमा कम्तिमा २.० जिपिए हुनु पर्ने छ । यो कोर्स दुई वर्ष अर्थात ४ सेमेस्टरको छ । विद्यार्थीले ८० प्रतिशत हाजिरी पर्याउनुपर्ने र साढे पाँच लाख रुपियाँ खर्च लाग्ने कुसोम कलेजले जनाएको छ ।

यो पनि…
विद्यार्थीले कागजीरूपमा धेरै पाए, तर व्यवहारमा भएन लागू
शौचालय र पानीको अभावले विद्यार्थी जंगलतिर




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested