अध्ययन भन्छ– १० करोड मानिसमा कोभिडपछि देखिए यस्ता लक्षण
कोभिड–१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एक नयाँ अध्ययनअनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्घकालिन असरबाट प्रभावित भएका छन् । अर्थात विश्वको १० करोड जनसंख्या कोभिडपछिको समस्याबाट प्रभावित छ ।
अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनहरुलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्घकालिन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो ।
‘कोभिडबाट संक्रमित विश्वका कूल २३ करोड ३७ लाखमध्ये १० करोड जना कोभिडपछिको दीर्घकालिन समस्याबाट पीडित छन्,’ अनुसन्धानकर्ताहरुले भनेका छन् । कोभिडपछिको दीर्घकालिन समस्याले विभिन्न देशको स्वास्थ्य प्रणालीमा दबाब दिनसक्ने उनीहरुले सजग गराएका छन् ।
कोभिड संक्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको छ । अध्ययनअनुसार एसियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोभिडपछि दीर्घकालिन समस्या देखिएको हो । कोभिड भएको दुई सातापछि पनि एक महिना वा सो भन्दा लामो समयसम्म कोभिडजस्तै लक्षण देखिनुलाई दीर्घकालिन कोभिड मानिन्छ ।
देखिन्छन् यस्ता लक्षण
कोभिड भएर रिपोर्ट नेगेटिभ आइसकेका मानिसहरुमा पनि शरीर कमजोरी हुने, श्वास फेर्न गाह्रो हुने, नकारात्मक विचार मनमा आउने, एन्जाइटी तथा डिप्रेसन हुने लगायतका लक्षण देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । उनीहरुको यो अध्ययन पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित छ । यसैबीच, सेप्टेम्बरमा गरिएको एउटा अध्ययनमा तीन कोभिड बिरामीमध्ये एक जनामा तीनदेखि ६ महिनासम्म कोभिडको लक्षण देखिएको पाइएको थियो ।
यो पनि पढ्नुहोस् :
rama
Great selection of modern and classic books waiting to be discovered. All free and available in most ereader formats. download free books https://www.philadelphia.edu.jo/library/directors-message-library