English

छोराको मोहले गर्भपतन गराउनेको संख्या बढ्दो



राजविराज नगरपालिका -१६ की ३५ वर्षीया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन् । उनी अझै एउटा छोरा पाउने आशमा छिन् । उनले चौथो सन्तान लिंग पहिचान गरी गर्भपतन गराइन् ।

उनको श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन् । विदेशबाट आएपछि पुनः छोरा पाउने मनस्थिति बनाएको विमलाको भनाइ छ । उनले भनिन्, मेरो परिवारमा चार पुस्तादेखि एउटै छोरा हुँदै आएकाले हामी दम्पतीमा दुई छोरा जन्माउने चाहना भएको हो

राजविराज नगरपालिका–२ की ३३ वर्षीया मोनाज खातुन (नाम परिवर्तन) तीन छोरीकी आमा हुन् । उनले गर्भमा छोरी भएकैले दुईपटक गर्भपतन गराइसकेकी छन् । उनले भनिन्–तीनवटी छोरी भए पनि छोरा पनि चाहिने भएकाले छोरा पाउने आसमा दुईपटक गर्भपतन गराउन बाध्य भएँ ।

उनकै छिमेकी ३८ वर्षीया प्रवीणा शर्मा (नाम परिवर्तन) ले छोरा पाउने आशमा पाँचवटी छोरी पाइसकेकी छन् । अझ पनि छोराको पर्खाइमा रहेको उनले बताइन् । उनले भनिन्– ‘छोरीहरूले त विवाह गरेर गइहाल्छन् बुढेसकालको सहारा भनेको छोरा नै हो । छोरा भएन भने समाजले पनि यसलाई छोरा छैन भन्छन् । पाँचवटी छोरीलाई जन्म दिने रहर थिएन ।

लिंग पहिचान गर्ने र गर्भपतन गराउने पैसा नभएकाले गर्भपतन गराउन नसकेको उनले बताइन् । लिंग पहिचान गर्न र गर्भपतन गर्न कम्तीमा २५ हजारदेखि बढीमा ५० हजार रुपैयाँ लाग्ने गरेको प्रवीणा बताउँछिन् ।

लिंग पहिचान गर्ने र गर्भपतन गराउने पैसा नभएकाले गर्भपतन गराउन नसकेको उनले बताइन् । लिंग पहिचान गर्न र गर्भपतन गर्न कम्तीमा २५ हजारदेखि बढीमा ५० हजार रुपैयाँ लाग्ने गरेको प्रवीणा बताउँछिन् ।

राजविराज -३ का ४७ वर्षीय शंकर दास (नाम परिवर्तन) को तीनवटै छोरीको विवाह भएपछि एक दुर्घटनामा छोराको मृत्यु भयो । छोराकै लागि उनले अर्काे विवाह गरे । कान्छीपट्टि पनि उनको एउटी छोरी जन्मिएको छ ।

तर, अझै छोराको पर्खाइमा उनको परिवार छ । उनले भने–‘अर्काे विवाह गर्ने सोच कहिल्यै पनि थिएन । भएको एउटा छोरा पनि नरहेपछि विवाह गर्न बाध्य भएँ ।

आफ्नो लागि भन्दा पनि अरूले यसको छोरा छैन भन्लान् भन्ने डरले विभिन्न चुनौती सहेर छोरा पाउन बाध्य भएका सर्वसाधारण हाम्रो समाजमा धेरै रहेको नर्स रेखा देवले बताउँछिन् । उनले भनिन्–‘हाम्रो समाज विस्तारै सचेत भएको छ ।

सबैलाई थाहा छ, छोराभन्दा छोरीले हरेक क्षेत्रमा बढी काम गर्न सक्छन् । आमाबुबाको राम्रो हेरचाह पनि छोरीले नै गर्छन् । तर, पनि छोराप्रतिको मोह हट्न नसक्नु दुःखद् हो ।

राजविराजमा लामो समयदेखि भिडियो एक्सरे गर्दै आएका एक रेडियोलोजिस्टका अनुसार दिनहुँ लिंग पहिचान गरिदिन भनी तीनदेखि ६ परिवार आउने गर्छन् ।

नेपालको कानुनमा भ्रूण लिंग पहिचान गरी गर्भपतन गर्न, गराउन नहुने भनिएको अधिवक्ता दानो चौधरी बताउँछिन् । कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रूण लिंग पहिचान हुने कुनै काम गर्ने, लिंग पहिचान भएपछि गर्भपतन गर्ने, गराउने व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको उनको भनाइ छ । उनले भनिन्– ‘बाह्र हप्ताभन्दा बढी २५ हप्तासम्मको तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्मको जरिवाना हुने कानुनमा व्यवस्था छ ।

अहिले पनि लिंग पहिचान गरी गर्भपतन गराउने संख्या सप्तरीमा उल्लेखनीय भए पनि यसको वास्तविक तथ्यांक नरहेको एक स्वास्थ्यकर्मीले बताए ।

यो पनि…
वैदेशिक रोजगारीको ‘साइड इफेक्ट’, आफन्तसँगै शारीरिक सम्बन्ध बढ्दो
जसको दुग्धजन्य पदार्थ बजारमा बिक्दैन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested